रामजी बलामी
फेसबुकले आफ्नो रूप परिवर्तन एवं सुविधा वृद्धि गरेसँगै यसप्रति आकषिर्त हुनेहरूको संख्या पनि वृद्धि हुँदै गएको सोसियल नेटवर्कसम्बन्धी जानकारी दिने अर्को साइट सोसियल ब्याकर्स डट कमले जनाएको छ। फेसबुकले पनि आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न सुविधा थप्दै जाने कुरा बताएको छ। पछिल्लो तथ्यांकअनुसार यो सामाजिक सञ्जाल (फेसबुक) का प्रयोगकर्ता करिब ९० करोड पुगिसकेका छन्।
सोसियल ब्याकर्स डटकमले जनाएअनुसार अहिलेसम्म सबैभन्दा बढी प्रयोगकर्ता संयुक्तराज्य अमेरिकामा छन् जहाँ १६ करोड ३४ लाख ५४ हजार ९ सय २० जनाले फेसबुक प्रयोग गर्छन् जुन अमेरिकाको कुल जनसंख्याको ५२ दशमलव ६९ प्रतिशत हो। फेसबुक प्रयोगकर्ताका आधारमा दोस्रोमा ब्राजिल र तेस्रोमा छिमेकी मुलुक भारत छन्, जहाँ क्रमशः ५ करोड ६६ लाख ३९ हजार ३ सय ८० जना र ५ करोड ३६ लाख २४ हजार ३ सय २० जनाले फेसबुक चलाउँछन्। फेसबुक सबैभन्दा कम प्रयोग गर्ने मुलुक भियतनाम हो। यो मुलुकमा जम्मा ६० जनाले फेसबुक प्रयोग गर्ने तथ्यांक छ।
पहिलो १० राष्ट्र अमेरिका, ब्राजिल, भारत, बेलायत, इन्डोनेसिया, मेक्सिको, टर्की, फिलिपिन्स, फ्रान्स तथा जर्मनीमा कुल जनसंख्याको क्रमशः ५२ दशमलव ६९, २८ दशमलव १६, ४ दशमलव ४७, ६४ दशमलव ३०, १६ दशमलव ३५, ३३ दशमलव ३३, ४० दशमलव ७३, २९ दशमलव २३, ३८ दशमलव ०५, २९ दशमलव ५० प्रतिशतले फेसबुक प्रयोग गर्छन्।
नेपाल ६५ औं स्थानमा
विश्वमा फेसबुक प्रयोगकर्ताहरूको सूचीमा नेपाल ६५ औं स्थानमा छ। तीन महिना अघिसम्म नेपाल ६९ औं स्थानमा थियो। एक तथ्यांकअनुसार नेपालमा १७ लाख १७ हजार १ सय ८० जनाले फेसबुक चलाउँछन्। तीन महिना अघि नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या १४ लाख ५९ हजार ३ सय ८० जना थियो। यस अवधिमा करिब ३ लाख प्रयोगकर्ता बढ्नुको प्रमुख कारण मोबाइल हो। नेपालको कुल जनसंख्याको करिब ५ दशमलव ९३ प्रतिशतले फेसवुक प्रयोग गर्ने गरेको साइटमा उल्लेख छ। नेपालका फेसबुक प्रयोगकर्तामध्ये ६९ प्रतिशत पुरुष तथा ३१ प्रतिशत महिला भएको पनि साइटले उल्लेख गरेको छ।
कुन उमेर समूहका प्रयोगकर्ता कति ?
नेपालमा फेसबुक प्रयोगकर्तामध्ये १८ देखि २४ वर्ष समूहका बढी छन्। यो समूहका प्रयोगकर्ता ७ लाख ७२ हजार ७ सय ३१ जना छन्। यो समग्र नेपाली फेसबुक प्रयोकर्ताहरूको ४६ प्रतिशत हो। त्यसपछि २५ देखि ३४ वर्ष उमेर समूहका प्रयोगकर्ता २७ प्रतिशत छन्। १६ देखि १७ उमेर समुहका ११ प्रतिशत, ३५ देखि ४४ उमेर उमूहका ७ प्रतिशत, १३ देखि १५ उमेर समूहका ६ प्रतिशत, ४५ देखि ५४ वर्ष उमेर समूहका २ प्रतिशत, ५५ देखि ६४ तथा ६५ वर्षभन्दा माथिको उमेर समूहका क्रमशः १/१ प्रतिशत छन्।
नेपालमा फेसबुक बढी प्रयोग हुने ठाउँ
सोसियल ब्याकर्स डटकमले जनाएअनुसार नेपालमा बढी फेसबुक प्रयोग गर्ने ठाउँ क्रमअनुसार यस्तो छ।
- ठमेल
- सिभिल मल
- काठमाडौं
- सिटी सेन्टर
- सोल्टी होटल
सार्क मुलुकअन्तर्गत नेपाल चौथो स्थानमा
सार्क मुलुकहरूमा फेसबुक प्रयोगकर्ताको संख्या नियाल्दा नेपाल चौथो स्थानमा पर्छ। पहिलो स्थानमा भारत छ। सार्क मुलुकको दोस्रो स्थानमा पाकिस्तान छ जहाँ ६९ लाख ४९ हजार ४ सय जनाले फेसबुक चलाउँछन्। यो पाकिस्तानको कुल जनसंख्याको ३ दशमलव ९२ प्रतिशत हो। तेस्रोमा बंगलादेश छ जहाँ २७ लाख ८६ हजार ६ सय ६० जनाले चलाउँछन् जुन कुल जनसंख्याको १ दशमलव ७६ प्रतिशत मात्र हो। बंगलादेश फेसबुक प्रयोगकर्ताको अन्तर्राष्ट्रिय सूचीको ५२ औं स्थानमा छ। पाँचौं स्थानमा श्रीलंका छ जहाँ १३ लाख, ३४ हजार ६ सय ४० जनाले फेसबुक चलाउँछन्। यो विश्व सूचीको ७३ औं स्थान हो।
त्यस्तै सार्क मुलुकको छैटौं स्थानमा अफगानिस्तान छ जहाँ ३ लाख, १४ हजार ५ सय ४० जनाले फेसबुक चलाउँछन् जुन उसको कुल जनसंख्याको १ दशमलव ०८ प्रतिशत हो। यो मुलुक विश्वसूचीमा १ सय १४ औं स्थानमा छ। सातौं मुलुक माल्दिभ्समा १ लाख ३२ हजार ६ सय ४० जनाले फेसबुक प्रयोग गर्छन्। विश्व सूचीमा १ सय ३८ औं स्थानमा पर्ने मल्दिभ्समा कुल जनसख्याको ३३ दशमलव ५२ प्रतिशतले फेसबुक चलाउँछन्। त्यस्तै आठौं स्थानमा भुटान छ जहाँ ७६ हजार ५ सय ६० जनाले फेसवुक चलाउँछन्। विश्वसूचीमा १ सय ५६ औं स्थानमा पर्ने भुटानमा कुल जनसंख्याको १० दशमलव ९९ प्रतिशतले फेसबुक चलाउँछन्।
छिमेकी मुलुक चीनमा कुल जनसंख्याको शून्य दशमलव ०४ प्रतिशतले मात्र फेसबुक प्रयोग गर्छन, जुन यो विश्व सूचीको ९९ औं स्थान हो। त्यहाँ ५ लाख ५१ हजार ६० जनाले मात्र फेसबुक प्रयोग गर्ने गरेका छन्।
फेसबुक बढी प्रयोग गर्ने १० मुलुक
१) अमेरिका ६,३४,५४,९२०
२) ब्राजिल ५,६६,३९,३८०
३) भारत ५,३६,२४,३२०
४) बेलायत ४,००,८९,०२०
५) इन्डोनेसिया ३,९७,२४,५००
६) मेक्सिको ३,७४,८१,८२०
७. टर्की ३,१६,९०,८६०
८) फिलिपिन्स २,९१,९९,४२०
९) फ्रान्स २,४६,४४,०००
१०) जर्मनी २,४२,७१,२००
सबैभन्दा बढी फेसबुक प्रयोग गर्ने विश्वका १० सहर
१) बैंकक
२) जकार्ता
३) इन्तान्बुल
४) लन्डन
५) बोगोटो
६) साओ पाउलो
७) मेक्सिको सिटी
८) सान्टियागो
९) मुम्बई
१०) ब्युनसआयर्स
फेसबुक बन्दैछ अश्लील
अध्ययनअनुसार आधाजसो फेसबुक प्रयोगकर्ताले फेसबुक मित्रसँग अश्लील च्याट गर्ने गरेका छन् र ३५ प्रतिशतले अश्लील तस्बिरहरू आदानप्रदान गर्छन्। एक टेलिभिजन कार्यक्रमका लागि गरिएको सर्वेक्षणबाट के कुरा पनि पत्ता लागेको छ भने ४६ प्रतिशतले फेसबुकमार्फत निकै गोप्य यौनजन्य सन्देश आदानप्रदान गर्छन्। अध्ययनमा समावेश गराइएकाहरूमध्ये एकतिहाइले आफूले अनलाइन मार्फत अश्लील सामग्री हेर्ने गरेको बताएका छन् भने पाँच जनामध्ये एक जनाले आफ्नो सेक्स टेपसमेत तयार गरिसकेका छन्।
फेसबुकको एप्लिकेसन
फेसबुक गोपनीय
नयाँ फिचरमा सबैभन्दा प्रमुख परिवर्तनका रूपमा प्राइभेसी सेटिङलाई जोडिएको छ, जुन एउटा सानो ताल्चाका रूपमा दायाँ र न्यूज फिड सेक्सनको नजिकै छ। यसको मद्दतले प्रयोगकर्ताहरूसँग केही सजिला प्रश्न सोधिन्छ। यसबाहेक फेसबुकले एउटा प्राइभेसी एजुकेशन पेज पनि थपेको छ, जसले गर्दा प्रयोगकर्ताहरूले आफ्नो अनलाइन चिन्ने उत्कृष्ट उपाय व्यवस्थापन गर्न सक्छन्। यसबाहेक फेसबुकमा एउटा फोटो-रिभ्युइङ फिचर समेत समावेश छ, जसले फटाफट तस्बिर परिवर्तन गर्न सक्छ। स्मरणीय छ, फेसबुकमा पोस्ट गरिएका तस्बिर आदिको गोपनीयतालाई लिएर समय-समयमा विभिन्न प्रकारका प्रश्न उठिरहेका छन्।
घडीबाटै फेसबुक अपडेट
फेसबुकमा कमेन्ट 'एडिट’
-साभार: कान्तिपुर साप्ताहिकबाट
No comments:
Post a Comment