शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, December 22, 2013

नेपाली भाषासेवी डा कुमार प्रधान रहेनन्



भारतीय नेपाली साहित्यकारमाझ सशक्त र सक्रिय नाम बनाएका डा. कुमार प्रधानको ७६ वर्षको उमेरमा दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा शुक्रबार निधन भएको छ ।
सिलिगुढीस्थित घरमा अस्वस्थ बनेपछि प्रधानलाई एक साताअघि स्थानीय अस्पतालमा उपचारार्थ लैंजाँदा पहिलोपटक क्यान्सरको लक्षण देखिएकोमा गत आइतबार मात्रै दिल्लीमा थप उपचारमा ल्याइएको थियो । उपचार क्रममा दिल्ली आएर मात्रै चौथो चरणमा पुगिसकेको पेटको क्यान्सरबारे जानकारी भएको थियो । तर अस्पतालमा उपचाररत रहेकै बेला शुक्रबार बिहान हृदयाघात भएर प्रधानको निधन भएको थियो । प्रधानको शनिबार सिलिगुढीमा अन्तिम संस्कार गरिनेछ ।
कलकत्ता विश्वबिद्यालयबाट पीएचडी गरेका प्रधानले दार्जिलिङ गभरमेन्ट कलेज र खर्सङ कलेजमा झन्डै दुई दशक प्राध्यापन गरेका थिए । प्रधानकी कान्छी छोरी मनासाका अनुसार सन् १९९३ देखि सिलिगुढीबाट नेपालीभाषी पत्रिका 'सुनचरी' दैनिक निकालेर एक दशकसम्म यसको प्रकाशक/सम्पादक रहेका डा.कुमारले पछिल्ला वर्षमा 'हिमालय दर्पण' पत्रिकाको पनि सम्पादन गरेका थिए । दिल्लीस्थित साहित्य अकादेमीले निकालेको प्रधानको 'अ हिस्ट्री अफ नेपाली लिट्रेचर' -१९८४) कृति नेपालका विश्वविद्यालयमा समेत पाठ्यसामग्री रहिआएको छ । उनको समालोचना सम्बन्धी अर्को कृति 'पहिलो पहर' -१९८२)ले प्रतिष्ठित भानुभक्त पुरस्कार पाएको छ भने साहित्य सम्मेलन पुरस्कार, अगम स्मृति पुरस्कारबाट समेत उनी सम्मानित छन् । डा. प्रधानका सम्पादनमा 'वार्ताहरू' -लेख संग्रह), मालिङ्गो -त्रैमासिक), हाम्रो संसार -मासिक) आदि कृति/पत्रिका प्रकाशित थिए । 
नेपाली जातिको इतिहास, एकीकरण र सभ्यताबारे लेखिएको प्रधानको अर्को चर्चित कृति 'द गोर्खा कन्क्वेस्ट' -१९९१) काठमाडौंको बजारमा बेस्ट सेलर रहिआएको छ 'उहाँ पछिल्ला महिनामा दार्जिलिङमा नेपाली जातिको इतिहासबारे पुस्तक लेखिरहनुभएको थियो,' छोरी मनसाले भनिन्, 'नर्थ बंगाल युनिभर्सिटीको भारतीय भाषा केन्द्रको अनुबन्धमा रहेर नेपाली-हिन्दी-अंग्रेजी शब्दकोषको काम पनि सक्न लाग्नुभएको थियो ।'
दार्जिलिङबासी कवि मनप्रसाद सुब्बाले डा.प्रधान भारतीय नेपालीभाषी साहित्यकारमाझ गतिलो प्रभाव र पहुँच राख्ने विशिष्ट प्रतिभा भएको टिप्पणी दिएका छन् । 'समालोचना, पत्रकारिता र इतिहास लेखनका काममा डा. प्रधानको योगदान अतुलनीय छ,' उनले फोनमा भने ।  
नेपालको साहित्यिक वृत्तमा पनि निकै चिनिएका डा. प्रधान गोर्खा ल्यान्ड अभियानका पक्षधर पनि थिए । प्रधानका दुई छोरा, दुई छोरी र एक श्रीमती छन् ।
प्रकाशित मिति: २०७० पुस ६ १०:०६
कान्तिपु्र दैनिक 

No comments:

Post a Comment