शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, March 25, 2013

मलेसियामा नेपालीको मृत्युबारे पुष्टी भएको छैनः दूतावास (विज्ञप्तिसहित)

नेपालीलाई संयमता अपनाउन आग्रहः 
काठमाडौं, चैत्र १२ । वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका नेपाली कामदार र स्थानीयवासीबीच झडप हुँदा दुई नेपाली घाइते भएका छन् । घटनामा केही नेपालीको मृत्यु भएको हल्ला चले पनि पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । जोहोर राज्यको तामान चिन्ताना भन्ने ठाउँमा नेपाली र स्थानीयबासीबीच झडप भएको जनाइएको छ ।


झडपमा रौतहटका रामलाल साहु र नुवाकोटका राजु बर्मेल घाइते भएका हुन् । उनीहरुको स्थानीय सुल्तान अस्पतालमा उपचार भइरहेको छ । घटना हिजो साँझको भएपनि दूतावासले मध्यरातमा मात्र थाहा पाएको बताइएको छ ।

यसैबीच, नेपाली दूतावासले विज्ञप्ति जारीगरी उक्त घटनाबारे खेद प्रकट गरेको छ । यो घटनाबारे मलेसिया सरकारसँग गम्भीर रुपमा संवाद गरी घटनाको यथार्थ जानकारी लिने र घटनाका घाइतेहरुको उपचार एवं हेरचाहका साथै त्यहाँ रहेका सबै नेपालीको सुरक्षाको लागि पहल गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

यो घटनापछि सम्यमतापूर्वक आफ्नो कार्यमा लाग्न र वातावरण प्रतिकुल हुने कुनै पनि क्रियाकलापमा संलग्न नहुन दूतावासले मलेसियामा रहेका नेपालीमा अपील गरेको छ ।

नेपालीहरुलाई कुनै असामान्य अवस्था आइपरेमा तत्काल सम्पर्क गर्न पनि क्वालालम्पुरमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।

अर्कोतर्फ नेपालको परराष्ट्र मन्त्रालयले पनि नेपालीको मृत्यु भएको पुष्टी नभएको जनाएको छ ।


-Imagechannels.com

No comments:

Post a Comment