शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, June 18, 2011

क्यालोरीले धानेको जीवन

 - त्रिचन्द्र प्रतीक्षा
क्यालोरी तापको एक इकाई हो । सामान्य रूपमा यसलाई वजन बढाउने तत्वको रूपमा प्रयोग गर्ने गरिन्छ । वैज्ञानिक परिभाषाका अनुसार एक किलोग्राम पानीलाई एक डिग्री सेन्टीग्रेडसम्म तातो पार्नका लागि जति तापक्रमको आवश्यकता पर्दछ त्यसैलाई एक क्यालोरी भनिन्छ । मोटरको इञ्जिन चलाउनका लागि पेट्रोलको आवश्यकता पर्दछ ठिक त्यस्तै गरी मानव शरीरलाई क्रियाशिल बनाइ राख्न क्यालोरीको जरुरी पर्दछ । हामी जति धेरै दौडधूप वा शारीरिक श्रम गर्दछौँ, शरीरलाई क्यालोरीको आवश्यकता त्यसै अनुपातमा बढ्दै जान्छ ।

स्वास्थ्यका लागि क्यालोरीको भूमिकमा धेरै नै महत्वपूर्ण हुन्छ । भोजनबाट हामीले प्रतिदिन जति क्यालोरी ऊर्जा प्राप्त गर्दछौँ त्यसको दुई तिहाई भाग दैनिक काम सम्पन्न गर्नमा नै जाने गर्दछ । सुत्ने-उठ्ने, खेल्ने-दौड्ने, लेख्ने-पढ्ने सबै समय हाम्रो शरीरबाट क्यालोरी खर्च हुने गर्दछ ।
त्रिचन्द्र 'प्रतीक्षा'
मानिसको शरीको वजन जति धेरै हुन्छ, त्यसलाई क्यालोरीको उत्तिनै धेरै आवश्यकता पर्दछ । सामान्यतयाः एक किलोग्राम तैलका लागि ३७ क्यालोरीको आवश्यकता पर्दछ । मनिसको उमेर जतिजति बढ्दै जान्छ, त्यसलाई क्यालोरीको जरुरी कम हुँदैजान्छ । किशोर-युवाहरूका लागि क्यालोरी आवश्यकता धेरै हुन्छ भने वृद्ध/वृद्धाहरूलाई कम क्यालोरी भए पनि पुग्छ । यसले गर्दा वृद्ध उमेरका व्यक्तिलाई कम भोजन गरे पनि पुग्छ ।
विभिन्न पोषक महत्वहरूमा अलत-अगल मात्रामा क्यालोरी पाइन्छ । एक ग्राम प्रोटिनमा चार क्यालोरी हुन्छ । एक ग्राम बोसोमा नौ क्यालोरी हुन्छ । मासिनलाई उसको शरीर र क्रियासिलका आधारमा क्यालोरीको आवश्यकता पनि अलग अलग हुने गर्दछ । हामीले एक घण्टा घुम्दा शरीरबाट दुई सय क्यालोरी खर्च हुने गर्दछ । यदि घुम्नुको सट्टा एक घण्टा दौड्ने गर्दछौँ भने शरीरबाट ३९५ क्यालोरी खर्च हुने गर्दछ ।
हामीले दैनिक सेवन गर्ने गरेको खाद्य पदार्थहरू सबैमा धेरै-थोरै क्यालोरी शक्ति हुन्छ । कुन चीजको कति परिमाणमा कति क्यालोरी हुन्छ भन्ने कुरो जानकारी सबैलाई नहुन सक्छ । विभिन्न खाद्य पदार्थमा हुने क्यालोरीको परिणाम यसप्रकार छ ।

चीजको नाम            परिमाण        क्यालोरी
उसिनेको आलु            १०० ग्राम    ८३ क्यालोरी
भुटेको आलु              ५०० ग्राम    १४० क्यालोरी
एक चौथाई भात         २५ ग्राम     १०० क्यालोरी
गहुँ                         १०० ग्राम    ३४८ क्यालोरी
केरा                         ५० ग्राम      २५ क्यालोरी
स्याउ                       ५० ग्राम       ८० क्यालोरी
सुन्तला                   ५० ग्राम        २० क्यालोरी
गाजर                     ५० ग्राम        १० क्यालोरी
काउली                   ५० ग्राम        १० क्यालोरी
मकै                      १०० ग्राम       ७० क्यालोरी
अण्डा                    ५० ग्राम      १०८ क्यालोरी
अंगुर                    ५० ग्राम        १५ क्यालोरी
मेवा                     ५० ग्राम        १० क्यालोरी
काँक्रो                  ५० ग्राम        ५ क्यालोरी
मह                      एक चम्पा    १५ क्यालोरी
दूध (भैंसीको)        एक गिलास    १३० क्यालोरी
दूध (डेरीको)         एक गिलास    ४० क्यालोरी
बदाम                    २० ग्राम      ११४ क्यालोरी
प्याज                     ५० ग्राम        १५ क्यालोरी
बन्दाकोभी              १०० ग्राम       १५ क्यालोरी
च्याउ                      २५ ग्राम        ५ क्यालोरी
वियर                     ३६० ग्राम    १७० क्यालोरी
पाउरोटी                   २५ ग्राम      ६० क्यालोरी
कुखुराको मासु          १०० ग्राम    १४० क्यालोरी
खसीको मासु            १०० ग्राम    ३५० क्यालोरी
माछा                      १०० ग्राम    ३३० क्यालोरी
चिनी                      १०० ग्राम    ३९४ क्यालोरी
मख्खन                   १०० ग्राम    ७९३ क्यालोरी
चिनी नभएको चिया  एक कप        ० क्यालोरी


हामी जब कुनै खानेकुरा खान्छौँ तब त्यो पाचनथैलीमा पुगेर त्यहाँ पाचन क्रियाद्वारा ताप पैदा हुन्छ । प्रत्येक व्यक्तिका लागि तापको मात्रा फरक फरक हुन्छ । मानिसको उमेर तथा जीउडाल अनुसार त्यो परिवर्तन भइरहन्छ । यसरी तापमा अन्तर हुनु भनेको क्यालोरीको मात्रा अलग अलग हो । उदाहरणको लागि साना बच्चाका लागि ५ सय क्यालोरी,जवान महिलाको लागि १३यस क्यालोरी, युवकको लागि १५ सय क्यालोरी तापको आवश्यकता पर्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ । जाडो मौसममा क्यालोरीका खपत धेरै र गर्मी मौसममा कम हुन्छ । गर्मीमा हामीलाई त्यत्ति खाना रुच्दैन, जब कि जाडो मौसममा हामीले अपेक्षाकृत धेरै भोजन गर्ने गर्दछौँ । यदि हाम्रो भेजनबाट चार क्यालोरी प्राप्त हुन्छ भने एक क्यालोरी जीवन रक्षामा, एक क्यालोरी हाम्रो क्रियाशिलतामा र एक क्यालोरी पाचन क्रियालाई सञ्चालन गर्नमा खर्च हुने गर्दछ । बाँकी एक क्यालोरीले हाम्रो शरीरलाई तागत प्रदान गर्ने गर्दछ । शरीरलाई प्राप्त हुने फाल्तु क्यालोरी नै बासोको रूपमा एकत्र हुने गर्दछ ।

गोरखापत्र दैनिक, २०६६ जेठ २३ शनिवारमा प्रकाशित

No comments:

Post a Comment