AP Photo
आतंकवादी संजाल अल कायदाका प्रमुख ओसामा विन लादेन मारिएको समाचार अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । लादेन अमेरिकी हमलामा मारिएको र उनको शव अमेरिकी सेनासंग रहेको समाचारमा उल्लेख गरिएको छ । पाकिस्तानमा अमेरिकी हमलामा लादेनसंगै उनका २० सहयोगी पनि मारिएको बताईएको छ । पाकिस्तानी अधिकारीहरुले पनि लादेनको मृत्युको पुष्टि गरेका छन् । उनी एक साता अघि मारिएको बताईएको छ । लादेनको मृत्युका बारेमा अमेरिकी राष्ट्रपति बाराक ओबामले केहीबेरमा जानकारी दिने बताईएको छ । उनी अमेरिकाद्वारा सर्वाधिक खोजी गरिएका ब्यक्ति थिए । लादेनमाथि अमेरिकामा सेप्टेम्बर ११, २००१ मा आतंकबादी आक्रमण गरेकोलगायतका कयौं आरोप लागेको छ ।
-ईमेज न्यूज
No comments:
Post a Comment