शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, October 23, 2010

धुमपानः विद्वानहरूका केही उद्गारण -त्रिचन्द्र प्रतीक्षा




नेपालमा प्रत्येक वर्ष धुमपानरहित दिवस मनाइएता पनि चुरोट उत्पादनमा कमी आएको देखिँदन । वर्षेनी चुरोट उत्पादनमा वृद्धि हुनुले बताउँछ कि हाम्रो देशमा धुमपान गर्नेको सङ्ख्या बढ्दैछ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि धुमपान छोड्न चाहदैनन् किन ? यो प्रश्न हाम्रो सामु ठूलो चुनौतीको रूपमा खडा छ ।
कत्तिले यो भोलि पर्सि बिस्तारै छाड्छु भनेर पिउँदै गर्छन् । धुमपान गर्नु मृत्युको स्वागत गर्नु हो । यहाँ केही विद्वानहरूको भनाइलाई उद्धृत गर्नु सान्दर्भिक हुने देखिन्छ । अङ्ग्रेजी कवि कोलीको भनाइ -"आउँदा दिनहरूबाट आˆनो जीवन प्रारम्भ गर्छु भन्ने व्यक्ति मुर्ख हो, आजै ज्यादा अवेर भइसकेको छ ।" उहाँको भनाइ कति सारगर्भित छ, कुनै कुराको प्रारम्भ गर्न भोलि नभनी आजै अहिलेनै अघिसर्नु बुद्धिमानी हो ।
आउनुस् फेरि एकपल्ट विद्वान्हरूको भनाइलाई स्मरण गरौँ - अमेरिकाका प्रसिद्ध वैज्ञानिक नोवेल पुरस्कार विजेता डाक्टर पौलिगके भन्छन् -"मनुष्यले धुमपानमा जति समय लगाउँछ, त्यसको तीन गुना समय उसको जीवनको आयु कम हुन्छ ।" अर्का प्रसिद्ध वैज्ञानिक डाक्टर रोवर्ट ब्राउनको भनाइ छ -"जो व्यक्ति एक बट्टा चुरोट प्रतिदिन पिउँदछ, त्यसको आयु आठ वर्ष कम हुन्छ, प्रतिदिन दुई बट्टा चुरोट पिउनेको १८ वर्ष कम हुन्छ र दिनको एउटा मात्र पिउनेको एउटा चुरोटले १४ मिनेटआयु कम हुन्छ ।"
त्रिचन्द्र प्रतीक्षा

धुमपानले आयु कम हुने मात्र होइन कि व्यक्तित्व पनि क्षीण हुन्छ, तपाईं प्रश्न गर्नुहोला -"धुमपान गर्ने र नगर्ने व्यक्तिमा के अन्तर छ त ?" धुमपान नगर्नेहरूको स्वभाविक व्यक्तित्व हुन्छ, तर धुमपान गर्नेहरूको अत्यन्तै अस्वभाविक व्यक्तित्व हुन्छ, किनभने मानिसको लागि धुमपान स्वभाविक आवश्यकता होइन । यसबारेमा प्रसिद्ध विद्वान् नित्से यसो भन्नुहुन्छ -"त्रुटिहरूले परिपूर्ण व्यक्तित्व हरेक ठाउँमा हानिकारक हुन्छ ।" पश्चिमका विद्वान् एच. डब्लू शाँले लेखेका छन् -"म धुमपान तथा मादक पदार्थ सेवन गर्ने मानिसलाई हजारौँ मानिसहरूको बीचमा पनि चिन्न सक्दछु, किनभने शारीरिक सौन्दर्य नभएको फोहोरी तथा रोगी झैँ देखिने त्यो व्यक्ति चिन्न मलाई गाह्रो पर्दैन । त्यो मानिसमा व्यक्तित्व हुँदैन ।"
यस्तै अमेरिकाका दार्शनिक, विचारक, प्रसिद्ध विद्वानले देश र समाजलाई चेतावनी दिँदै व्यङ्ग्य गर्दै लेखेका छन् -
१. धुमपान गर्ने व्यक्ति जस्तो उग्र खोकिरहन्छ, ऊ रातभरि ख्वाङ्ख्वाङ खोक्दै रहन्छ । यसकारण त्यसको घरमा चोरहरू आउन सक्दैनन् । खोक्ने मानिसलाई निन्द्रा लाग्दैन ।
२. धुमपान गर्ने व्यक्तिको शरीरमा कस्तो तेज दुर्गन्ध जम्छ भने कुकुर, सुँगुर जस्ता मल अभक्ष्य खाने निकृष्ट पशु पनि नजिक आउन र बस्न मन गर्दैनन् ।
३. अधिक धुमपान गर्नेहरूलाई जवानी अवस्थामा नै भयङ्कर रोगको शिकार बनेर मर्नुपर्छ । अतः त्यसलाई वृद्धवस्थाको कष्ट नै भोग्नुपर्दैन, सहजै छुट्कारा मिल्छ ।
माथि उल्लेखित विद्वान्हरूको भनाइहरूलाई हृदयङ्गम गरी हामी कोही धुमपानको लतमा छौँ भने आजैदेखि छोडने प्रण गरौँ । हामीलाई स्वस्थ शरीर चाहिएको छ कि धुमपान यो दुईमध्ये एक छनौट गर्ने अभिभारा हामीहरूकै हो । आफूले आफ्नो स्वस्थ्य तथा ज्यूज्यानलाई जोगाउने हो वा अम्मलमा दास बनेर अझ पनि धनको नाश र स्वास्थ्यको सर्वनाश गराई भयङ्कर रोगको शिकार बनेर आफूलाई मृत्युको मुखमा पार्ने हो, यो कुरा आˆनो छातीमा हात राखेर अन्तरात्मासँग राम्ररी सोध्नु उचित छ ।
गोरखापत्र दैनिक (शनिबार) २०१०-०५-१५

1 comment:

  1. Very nice blog......I am appreciated to read out it.....
    Keep it up.

    With best regards,
    pradip

    ReplyDelete