शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, October 28, 2010

मसँग डेट जाने केटा पनि डराउँछ -माल्भिका सुब्बा


 
मिस नेपाल प्रतियोगितामा गहिरो छाप छाड्ने सुन्दरीमध्ये एक हुन्- माल्भिका सुब्बा। सन् २००२ मा मिस नेपाल भएपछि उनले लामो समयसम्म कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर कार्यक्रम चलाइन्। उनले चलाएको राजनीतिक कार्यक्रम 'तटस्थ तर्क’ दर्शकले त्यति रुचाएनन्। त्यसपछि आफ्नो भाग्य परीक्षण गर्न भारतीय टेलिभिजनमा प्रवेश गरेकी माल्भिकाले करिब एक वर्ष 'भ्वाइस अफ इन्डिया’ मा काम गरिन्। त्यसपछि नेपाल फर्किएकी माल्भिका अहिले एउटा हाउजिङ कम्पनीको बजार व्यवस्थापकका रूपमा कार्यरत छिन्। उनले आफ्नो सार्वजनिक छविलाई जागिरले थिच्न दिएकी छैनन्। यसै वर्ष उनले नविन सुब्बाको चलचित्र 'गुडबाई काठमाडौं’ मा अभिनय गरिन् भने उनले अभिनय गरेको टेलिशृंखला 'हाम्री सिवानी’ नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको छ। भोकविरुद्धको युवाअभियानकी प्रवक्ता माल्भिकाले गत वर्ष न्युयोर्क पुगेर नेपालका तर्फबाट विरोध प्रदर्शनसमेत गरेकी थिइन्। अश्विनी कोइरालाले लिनु भएको अन्तर्वार्ता ।

नेपालका बौद्धिक जमातले तपाईंबाट धेरै आशा राखेका थिए, तर सोचेजस्तो प्रतिफल दिन सक्नुभएन भन्ने गुनासो आउन थालेको छ, के भन्नुहुन्छ ?

म आफ्नो तर्फबाट प्रयास गरिरहेकी छु । काम पनि भैरहेको छ । गुडबाई काठमाडौं त्यसकै परिणाम हो । म जागिरमा मात्र सीमित छैन । टेलिफिल्म, म्युजिक भिडियोलगायत प्राकृतिक प्रकोपका साथै विभिन्न अभियानमा अभियन्ताका रूपमा पनि सक्रिय छु । यसै वर्षदेखि म पत्रपत्रिकामा लेखिकाका रूपमा पनि आउन थालेकी छु । एमबीबीएसका विद्यार्थीलाई व्यक्तित्व विकासको लेक्चर दिन्छु । हामीजस्ता युवाले निष्त्रिmय हुनुहुँदैन भन्ने कुरामा म सचेत छु ।

तर पनि आशा गरेजस्तो परिणाम आएन भन्ने लाग्दैन ?

अफर त अरुले गर्ने हो । म फेरि टेलिभिजन कार्यक्रममा जान सक्दिनँ । कारण टेलिभिजन च्यानलहरू अझै व्यवशायिक हुन सकेका छैनन् । मलाई महिनाको ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक कुन टेलिभिजन च्यानल तयार छ ? १०-२० हजारका लागि रातदिन खट्ने अवस्थाबाट म माथि उठिसके भन्ने लाग्छ । चलचित्रबाट अफर त आइरहेको छ, तर कुनै स्त्रिmप्टमा चित्त बुझ्दैन, कतै निर्देशकको क्षमतामाथि नै शंका लाग्छ । अलि बढी चुजी भइएछ की भन्ने पनि  लाग्छ ।

हाउजिङ कम्पनीमा जागीर खाँदै जाँदा कतै प्रतिभाशाली माल्भिका हराउने त होइन ?

मैले यहाँ जति पारिश्रमिक पाउँछु, अरुले दिन  सक्छन् ? सक्छन् भने म तुरुन्तै सिर्जनशील काम ज्वाइन गर्छु । भोको पेटले स्त्रिmनमा देखिने वा कलाकार हुने रहर गर्नु पनि हुँदैन । उचित दाम दिए राम्रो स्त्रिmप्टको काम त गरिरहेकै छु । अरुलाई लाग्दो हो म पैसाका लागि मात्र काम  गर्छु । काठमाडौंमा म जस्ती युवतीलाई मासिक ५० हजार जति खर्च आवश्यक हुन्छ तर पैसाका लागि मात्र म यहाँ बसेकी होइन, यहाँ म व्यवशाय पनि सिकिरहेकी छु । भोलिका दिनमा मैले पनि कुनै न कुनै विजनेस ज्वाइन गर्नुपर्छ । स्त्रिmनले त्यो अवसर दिँदैन ।

कुन व्यवसाय गर्ने योजनामा हुनुहुन्छ ?

मानिसले आफ्नो रुचिको बिजनेस गर्नुपर्छ । मलाई पहिरन वा कुनै सिर्जनशील व्यवसाय मनपर्छ । त्यसका लागि तयारी पनि गरिरहेकी छु । यद्यपि मेरो पहिचान स्त्रिmनले नै बनाएको हो । म सार्वजनिक छविबाट बाहिर जान्न ।

अरूलाई जस्तै दसैंका शुभकामनाका फोन र म्यासेज आउन थालेका छन्, तपाईंका लागि दसैंले के महत्व राख्छ ?

दसैं सबै नेपाली जस्तै मेरा लागि पनि प्रतिक्षाको पर्व हो । मिस नेपाल भएपछि लाइफ यति बिजी भयो कि परिवारलाई समय दिन सकिएन, दसैंले त्यो समय दिन्छ । मेरा लागि दसैं भन्ने बित्तिकै आमाको हातको पक्कु, क्राँक्राको खल्पी, परिवारका सदस्यहरूसँगको भेटघाट महत्त्वपूर्ण हुन्छ । दसैंको एक हप्ता परिवारका सदस्यबाहेक अरूसँगको साथ म कल्पना पनि गर्न सक्दिनँ ।

यसको अर्थ मिस नेपालअघि तपाईंलाई दसैंको महत्त्व थाहा थिएन ?

होइन, त्यो बेला म मीठो खाने, राम्रो लगाउने, मामाघर जाने, दक्षिणा गन्ने कामलाई नै दसैं मान्थे । त्यो बेला दसैं रोमान्टिक पर्व हुन्थ्यो । दसैं कहिलै नसकियोस् भन्ने लाग्थ्यो । अहिले दसैं वर्ष दिनको रिफ्रेसमेन्ट एवं भेटघाटको पर्वजस्तो बन्छ । परिवारसँग बसेर दसैंमा जुन रमाइलोका साथ खानपिन गरिन्छ, त्यो अरूबेला सम्भव छैन । त्यसैले मीस नेपाल अघि र पछिको दसैंले भिन्न-भिन्न प्रभाव छाडेको छ ।

तपाईर्ंको परिवारमा मानिने दसैं र अरुको परिवारमा मानिने दसैंमा कुनै भिन्नता छ ?

धेरै भिन्नता छ । मेरो परिवारले सम्पूर्ण नेपालको प्रतिनिधित्व गर्छ । मेरा जति पनि आफन्त हुनुहुन्छ, सबैले इन्टरकास्ट म्यारिज गर्नुभएको छ । कोही मधेसका, कोही पहाडका त कोही हिमालका हुनुहुन्छ । कोही विदेशका, कोही काठमाडौंका र कोही मिश्रति हुनुहुन्छ । त्यसैले दसैं पनि फ्युजन भएको छ । अग्रजहरूकहाँ जाँदा रक्सीको बोतल अनिवार्य चाहिन्छ । किनभने उहाँहरूले लिम्बु संस्कृति छाड्नु भएको छैन । बाँकी दसैंमा टीका लगाउने आ-आफ्नै चलन छ ।

मंगोल परिवारमा चाडपर्वमा रक्सी खाने चलन धेरै छ, तपाईंहरू कहाँ छ कि हरायो ?

रक्सी बोकेरै जानुपर्ने नियम थोरै मात्र छ । यद्यपि खानपिनको प्रारम्भ मादक पदार्थबाटै हुन्छ । जस्तो महिलाहरू वाइन लिन्छन् । युवाहरू बियर पिउँछन् । पाका पुरुषहरू भने हार्ड डि्रङ्क  गर्छन् । यद्यपि कसैले खान्न भन्यो भने त्यसमा आपत्ति हुँदैन ।

तपाईंचाहिँ कति पेगसम्म पिउनुहुन्छ ?

म हार्ड डि्रङ्क गर्दिनँ । वाइन मात्र पिउँछु । दैनिक दुई-तीन गिलास पिउँछु । प्रत्येक घरमा जाँदा अनिवार्यरूपमा पिउने चलन भएकाले थोरै-थोरै पिइन्छ । मासु र वाइन थपिँदा अरू बेलाको भन्दा बढी खानपिन हुन्छ । हाम्रो परिवार मातृसत्तात्मक भएकाले महिलाहरूकै हालीमुहाली चल्छ । तासमा पनि महिलाहरू नै अघि हुन्छन् । रमाइलो पनि हामी नै गर्छौं । अरू बेला खानेकुरामा सचेत भए पनि दसैंमा बढी खानपिन गरिन्छ । त्यसैले दसैंमा म मोटाउँछु ।

तास खेल्नुहुन्छ ?

म घरकी कान्छी भएकाले अरूले नै ठाउँ ओगटिहाल्छन् । फेरि मलाई तास खेल्न भन्दा हेर्न मन लाग्छ । म्यारिज, फ्लस र किट्टी मलाई मनपर्ने खेल हुन् ।

बाहिर तपाईंको जुन ग्ल्यामरस छवि छ, परिवारमा त्यो रहन्छ कि हराउँछ ?

पूर्ण रूपमा हराउँछ । म यो माल्भिका रहन्न । परिवारमा मलाई यति सानो मानिन्छ कि अहिले पनि ममी र भाउजूले मलाई दसैं खर्च दिनुहुन्छ । म सक्षम छु, घरका लागि खर्च पनि गर्छु तर पनि दसैंको पहिरन किन्न मलाई खर्च दिने परिपाटी छ । यसले पनि म घरमा केटाकेटी नै हुन पाउँछु ।

दसैं महत्त्वपूर्ण पर्व हो भनेर दावी गर्नैपर्ने कुनै क्षण छ ?

भ्वाइस अफ इन्डियामा काम गर्न दिल्ली जाँदा एउटा दसैं त्यही पर्‍यो । पहिले करियर ठूलो कुरा हो, दसैं आउँछ जान्छ भन्ने सोचें तर जब अष्टमी, नवमी र दशमी आउन थाल्यो । म त रुन पो थालें । अरू बेला परिवारको याद नआउने, त्यसबेला नै परिवारको महत्व थाहा भयो । मेरो यो अवस्था देखेर बुद्धिष्ट धर्म मान्ने मेरी रुम मेटले मलाई टिका लगाएर दक्षिणा दिइन् । सानामा पनि दसैंको प्रतिक्षा गरेर दिन बित्थ्यो । त्यसैले दसैंलाई महत्त्वपूर्ण पर्व भनिरहनु  पर्दैन । दसैंको रमझमले नै यसलाई पुष्टि गर्छ ।

दसैंको टीकामा तपाईंका उमेरका दिदी-बहिनी श्रीमान् लिएर आशीर्वाद थाप्न पुग्छन्, तपाईं अहिलेसम्म एक्ल्ौ हुनुहुन्छ, कस्तो लाग्छ ?

हाम्रो परिवारमा सबैको ढिलै विवाह भएको छ । मेरो पनि विवाहको उमेर हुँदैछ । अहिलेसम्म कसैले पनि टीका लगाउँदा श्रीमान् लिएर किन नआएको भनेका छैनन् । बरु घरकाले भन्दा बाहिरकाले माल्भिकाले विवाह गर्न ढिला गरी भनेर चिन्ता गर्छन् । मलाई भने त्यस्तो केही लागेको छैन ।

आमाले पनि चिन्ता गर्नुहुन्न ?

अफेयर भएको बेला केटा कस्तो छ, विचार गर हैं भनेर सम्झाउनु हुन्छ, तर ब्रेक भएको थाहा पाए पछि चुप लाग्नुहुन्छ । त्यस्तो बेला विवाहको प्रसङ्ग नै उठ्दैन । उहाँको व्यवहारले म अझै केटाकेटी नै छु भन्ने लाग्छ ।

तपाईंको जीवनमा पटक-पटक ब्रेकअप भएको छ, यसको कारण के होला ?

केटाहरूमा हुने साँगुरो मानसिकता । उनीहरू मेरो सामाजिक छवि पचाउन सक्दैनन् । पत्रपत्रिकामा आउने अन्तरवार्ता, गसिप वा तस्बिरहरू देखेपछि मेरा ब्याइफ्रेन्डहरूले मलाई लो-प्रोफाइलमा बस्ने सल्लाह दिन्छन् । पहिले त मैले उनीहरूको कुरा माने । कतिपय सञ्चारमाध्यमको आग्रहलाई पनि अस्वीकार गरें, तर जति उनीहरूको कुरा मान्यो, उनीहरू त्यति नै बढी सेक्रिफाइस गरोस् भन्ने चाहने ।

कति समयसम्म सेक्रिफाइस गर्नुहुन्छ ?

पहिलो अफेयरका बेला मैले धेरै सेक्रिफाइस गरें तर जति गर्दा पनि जस नपाएपछि सेक्रिफाइस गर्न छाडिदिएको छु । अहिले त कस्तो छ भने डेटिङ सुरु भैसकेको हुँदैन बजारभरि माल्भिकाको लभको हल्ला चलिसक्छ । मेरा साथीहरू आफ्ना व्यायफ्रेण्ड लिएर निस्पिmस्क्री घुमिरहँदा मैलेचाहिँ आफ्ना कुरा पनि भन्न पाउँदिन ।

सेलिब्रेटीको लभको चर्चा त भैहाल्छ नि ?

हुन्छ, ठीक छ तर पत्रपत्रिकाले भन्दा अघि केटाहरूले नै एसएमएस र फोनमार्फत मेरो चर्चा फैलाइसकेका हुन्छन् । यति ठूलो हल्ला हुन्छ कि बिचरा मसँग डेट जाने केटा पनि डराउँछ । केटीहरूले बढि कुरा काट्छन् भनिन्छ, तर काठमाडौंका केटाहरू केटीभन्दा पनि अघि छन् ।

जो युवक तपाईंसँग डेट जाने आँट गर्छ, उसले त यस्ता कुरा पचाउनुपर्ने होइन र ?

पचाउनुपर्ने हो । बाहिरबाट जति सुकै आधुनिक भए पनि हाम्रो समाज अहिले पनि हिपोक्रेसीमै बाँचेको छ । युवाहरू पनि समाजकै अंग भएकाले उनीहरूमा पनि त्यो अंश हुन्छ ।

त्यसो भए त अवस्था चिन्ताजनक पो रहेछ, होइन ?

चिन्ताजनक छैन । यत्ति हो अबचाहिँ मैले जीवन बुझिसके । मेरा लागि कस्तो केटा उपयुक्त हुन्छ, त्यो पनि अनुमान गरिसकें । अब म सानोतिनो इमोसनमा चिप्लिनेवाला छैन । अहिले त भित्रैदेखि स्ट्रोङ भएको महसुस गर्छु ।

तै पनि एक्लो जीवन त गाह्रै हुन्छ नि, होइन र ?

सधैं पार्टनरसँग बस्दा पनि दिक्क हुन्छ । त्यही अनुहार कति हेर्नु, त्यही कुरा कति सुन्नु ? तर एक्लो बस्दा पनि खाली दिमाग सैतानका घर, अनावश्यक कुरा मनमा खेल्छ । दुवैमा ब्यालेन्स हुनुपर्छ ।

http://www.ekantipur.com/saptahik/article/?id=2658

No comments:

Post a Comment