जब सत्ता र शक्तिको कुरा आउँछ सबै चनाखो हुने गर्दछ । यसमा लालायित नहुने बिरलै हुन्छ । यसभित्र यस्तो अद्भुत केन्द्र छ । जसले हरेक तहतप्कालाई सजिलै घुमाउन सक्छ । मानौं, दैवीय वरदान पाए जस्तो आफूलाई ठान्ने पनि यहाँ नभएका होइनन् । यस्तालाई मरेपछि जुम्राले छोडेजस्तै छोड्दै जानू मानवीय स्वभाव पनि हो ।
जब-जब देशमा आन्दोलन/जुलुस सुरु हुन्छ । कविताले त्यसमा गति प्रदान गरेका उदाहरण थुप्रै देखिएका छन् । यसमा मै हुँ भन्नेलाई ढालेको इतिहास साक्षी छ । जब कविताको आवाज बुलन्द भएर आउँदा धेरैको मन-मुटु हल्लेको देखिन्छ । यसलाई कम आँक्नु भनेको बारुलालाई चलाउनु जस्तो हो ।
यही मङ्सिर १६ गते स्थानीय तह उप-निर्वाचन हुन गइरहेको छ । कस्तो उम्मेदवारलाई छान्ने भन्ने कुरा हाम्रो हातमा छ । जसले देश र जनताको भलो चाहन्छ । त्यस्ता उम्मेदवारलाई मतदान गरेर जिताउनु पनि हाम्रो कर्तव्य हो । अघि ठिक पार्ने र पछि दिक्क बनाउने प्रति पनि हामी सदैव
सचेत एवं चनाखो हुनु पर्दछ । अतः यिनै उप-निर्वाचनबाट सिकेर आगामी निर्वाचनमा सचेत बन्न सकिन्छ ।
अन्त्यमा, जाडो क्रमशः बढ्दै गइरहेको छ । यसै बीच कविता संसारको न्यानोपनले हरेक स्रष्टालाई आत्मीय बनाउने छ । यिनै उज्यालोले नेपाली वाङ्मयलाई एउटा गति दिनेछ । जसको धुकधुकीले एउटा राजमार्ग कोर्न लागि परेको छ । यसको परिणाम बिस्तारै देखिनेमा हामी आशावादी छौं ।
अङ्क १५ पढ्न र डाउनलोड गर्नका लागि
No comments:
Post a Comment