भजन १
ईश्वर बुद्ध अल्लाह ब्रह्मा विष्णु महेश्वर
महालक्ष्मी महाकाली महासरस्वती भर ।
गणेश सूर्य साथै ती प्रकृतिका धराेहर
ग्रह नक्षत्रका साथै अन्य ती धर्मका घर ।।
गर एक ॐ मात्र जप नित्य निरन्तर
मुक्ति मिल्छ सबैलाई परे त्यै सत्यको भर ।
सबैकाे सार एकै हाे अदृश्य सर्वव्यापक 
विज्ञान चिन्तनाभन्दा सर्वत्र परिव्याप्त छ ।।
ॐ मा नै अटेका छन्  सारा देवी र देवता
सृष्टि र प्रलय साथै पालन हुन्छ एकता ।
विभिन्न देव र देवी आस्था विश्वास ॐ हाे
प्राप्त हुन्छ शक्ति सिद्धि  मूल स्रोत त ॐ हाे ।।
 भजन २                                                                 
 भजन ३                                                                 
मेरा  सबै राेगहरूकाे औषधि हाे गीता
मेरा  दुःख  दर्द  नास्ने  मलम हाे  गीता ।
जति  पढूँ जति हेरूँ  नयाँ  नयाँ लाग्छ
मन   मुटु  कलेजीमा  प्रेम  झनै  बढ्छ ।
मेरा  सबै राेगहरूकाे ओषधी हाे गीता
मेरा  दुःख  दर्द  नाश्ने  मलम  हाे गीता ।।
जति  हेर्याे  नयाँ  नयाँ  रूपरङ्ग  देख्छु 
नयाँ  ज्ञान  गुण  प्रेम झनै  बढी पाउँछु ।
मेरा  सबै राेगहरूकाे औषधि  हाे गीता
मेरा  दुःख  दर्द  नास्ने  मलम  हाे गीता ।।





No comments:
Post a Comment