शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, July 12, 2015

१० वर्षसम्म सूर्य प्रभावहिन हुने वैज्ञानिकको सनसनीपूर्ण चेतावनी



एजेन्सी । १५ वर्षपछि सूर्य निष्क्रिय हुने र पृथ्वीको तापक्रम एक्कासी घटेर पूरै पृथ्वी नै हिउँले ढाकिने भनेर वैज्ञानिकहरुले चेतावनी दिएका छन् । यो नयाँ वैज्ञानिक अध्ययनले सौर्य प्रणालीको चक्रका बारेमा नयाँ भविष्यवाणी गरेको दाबी गरेको छ । डेलीमेलमा प्रकाशित एक समाचारका अनुसार वैज्ञानिकहरुले सन् २०३० देखि २०४० सम्ममा सौर्य प्रणालीको चक्र अवरुद्ध हुने भविष्यवाणी गर्दै ब्रम्हाण्ड नै चिसिने कुरा बाहिर ल्याएका छन् ।
यसको अर्थ उक्त सयममा पृथ्वी एउटा सानो हिउको युगमा परिणत हुने चेतावनी वैज्ञानिकहरुले जारी गरेकाछन् । सन् २०३० देखि २०४०को अन्तरालमा सन् १६४६ देखि १७१५ सम्म लण्डनको टेम्स् नदी पुरै हिउँले ढाकेझै पृथ्वी पनि हिउँले ढाकिने छ भन्ने उनीहरुको भनाइ छ ।


वैज्ञानिकहरुले सौर्य मण्डलमा हुने क्रियाकलापलाई घडीको पेन्डुलमसँग तुलना गरेका छन् । यसरी सौर्य मण्डल यताउता गर्दा चक्रको एउटा विन्दुमा सूर्यको ताप र किरण कम हुृने अर्को विन्दुमा अत्याधिक ताप र किरण हुने गर्दछ । यो प्रक्रिया प्रत्येक ११ वर्षमा दोहोरिने गर्दछ तर पनि यसको वास्तविकता पत्ता लगाउन निकै जटिल हुन्छ । यसकारणले गर्दा खगोलविद्हरुले सूर्यको अवस्थिति कैयौ वर्षदेखि मापन गरिरहेका छन् र सौर्य चक्र अनियमित छ भन्ने उनीहरुको निष्कर्ष छ ।
सौर्य मण्डलबारेको नयाँ मोडेलले ११११ वर्षमा हुने सूर्यको एक चक्रकाबारेमा सही अनुमान गरेको देखिन्छ । सूर्यको पच्चिसौं चक्र सन् २०२२ मा उत्कर्षमा पुग्ने र यस अवधिमा सौर्य मण्डलमा हुने गतिविधिहरुमा ६० प्रतिशतले ह्रास आउने अनुमान गरिएको छ । त्यस्तै छब्बीसौं चक्र अर्को विन्दुमा पूरा हुने र यस अवधिमा पनि सौर्य गतिविधिमा एकदम ह्रास हुने बताइएको छ । यस अवधिमा मिनी हिउँ युग पृथ्वीमा आउने बेलायतको लानडुनोमा आयोजित नेशनल खगोलशास्त्रीहरुको (एस्ट्रोलोजिकल) अन्तरक्रियामा प्राध्यापक भ्यालेन्टिना जारकोभाले बताइन् ।
नासाले पनि सौर्य मण्डलमा हुने यस प्रकारको निस्क्रियता धेरै पहिला पनि देखिएको बताएको छ ।

No comments:

Post a Comment