शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, July 12, 2015

चर्चा पारस खड्काकोः अंक तालिकामा भारतका धवनभन्दा अगाडि



- लक्ष्मी काफ्ले
-लक्ष्मी काफ्ले
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तराष्ट्रिय टी२० क्रिकेटको वरियतामा ठूलो फड्को मारेका छन् । आईसिसीले सार्वजनिक गरेको वरियताअनुसार पारसले टी२० क्रिकेटमा विश्वका चर्चित अनुहारलाई पछि पारेका छन् ।
केही दिन अघि नेदरल्याण्ड्ससँग भएको टी२० अन्तराष्ट्रिय सिरिजमा सशक्त प्रदर्शन गरेका कप्तान पारसले भारतका शिखर धवन, वेष्ट ईण्डिजका डारेन ब्राभो, बंगलादेशका मोहमदुल्लाह, अफगानिस्तानका समिउल्लाह सेहनवारी र मोहम्मद नावीलाई समेत पछि पारेका छन् ।
पारस ३ सय ३८ अंकका साथ ६४औं स्थानमा छन् । उता विष्फोटक व्याट्सम्यानको रुपमा परिचित भारतीय खेलाडी धवन भने २ सय ४० अंकका साथ ८५औं स्थानमा छन् । अन्तराष्ट्रिय क्रिकेटमा धमाकेदार प्रदर्शन गर्ने धवनलाई पछि पारेसँगै पारस एकाएक चर्चामा आएका छन् । उता  अफगानिस्तानका सेहनवारी ८७औं र नावी ८८औं स्थानमा छन् ।
नेदरल्याण्डस्सँगको ४ खेलको श्रृंखला नेपालले ३१ ले गुमाए पनि पारसको प्रदर्शन उत्कृष्ट थियो । सोही कारण उनी पहिलो पटक विश्वकै उत्कृष्ट १०० टी२० ब्याट्सम्यान भित्र पर्न सफल भएका हुन्  । यो पारसकोे खेल जीवनकै निकै ठूलो उपलब्धि हो ।
त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले पनि बरियतामा स्थान पक्का गरेका छन् । मल्ल २ सय ३३ अंकका साथ ८६औं स्थानमा छन् । मल्लले अफगानिस्तानका सेहनवारी र नावीलाई उछिनेका छन् । त्यसैगरी सरद भेषवाकर उत्कृष्ट १०० भित्र यथावत छन् । सरद बरियताको ८१औं स्थानमा छन् । कप्तान पारसले उछिनेका चर्चित क्रिकेटरलाई सरदले पनि पछि पारेका छन् । टी२० को शीर्ष स्थानमा भने ८९७ अंकका साथ भारतका बिराट कोहली रहेका छन् ।
यता बलिङतर्फ वसन्त रेग्मीले उत्कृष्ट १०० भित्र स्थान पक्का गरेका छन्  । ३ सय ४२ अंकका साथ वसन्त ८३औं स्थानमा छन् । उनले भारतका चर्चित अलराउण्डर सुरेश रैना र वेष्ट ईण्डिजका अलराउण्डर क्रिस गेललाई पछि पारेका छन् । भारतका रैना २ सय ९६ अंकका साथ ९५औं स्थानमा छन् भने गेल ३ सय ३ अंकका साथ ८९औं स्थानमा छन् । वेष्ट ईण्डिजका स्यामुएल बद्री ७ सय ८२ अंकका साथ अन्तरष्ट्रिय टी२० बलरहरुको सूचीमा पहिलो स्थानमा छन् ।
साभार: दैनिक नेपाल

No comments:

Post a Comment