शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, December 23, 2014

"आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ" भित्रको शास्वत चित्रण (विचार)


अाचार्य प्रभा
वरिष्ठ गजलकार मनु ब्राजाकीज्यूको गजल सङ्ग्रह "आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ" अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अगुवाईमा मैले (२०१२/२०१४ मा) वर्तमान अध्यक्षकालमा प्रकाशन गर्ने जुन मौका पाएँ त्यो मेरो लेखकीय जीवनको सबैभन्दा महत्वपूर्ण कार्य भएको महसुस गर्छु महुनत दुई वर्षे कार्यावधीमा निक्कै कार्यक्रमहरू गरियो | समयको ब्यस्तता बावजुद पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भरौटेको रूपमा जुन प्रकारको समर्पण गरियो त्यो औसतको नजरमा जेजस्तो ठहरिएता पनि आफूले दिएको मुल्यवान समयलाई बिर्सन नसकिँदोरहेछ, तरैपनि ती सबै कुराहरूलाई छाडेर अग्रज गजलकार र सिद्धहस्त कलमीको त्यति काम गर्न पाउँदा कोलोराडो च्याप्टरका सम्पूर्ण पदाधिकारीहरू र म निबर्तमान अध्यक्ष कम हर्षित भएका छैनौँ शायद

अब म गजल सङ्ग्रहको मूल मर्मभित्र
पस्न चाहन्छु हामीले कार्यभार लिनअघि नै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रले २०१० ताका नै गजलकारज्यूको सङ्ग्रह प्रकाशन गर्ने जिम्मेवारी लिएको भएपनि के तार्ताम्य नमिलेर हो? यस्को प्रकाशनमा ढिलाइ भइरहेको अवस्था थियोपछि, कोलोराडो च्याप्टर २०१० मा श्री पदम बिश्वकर्माज्यूको अध्यक्षतामा पनि यो सङ्ग्रह प्रकाशन हुन सकेन र पदम बिश्वकर्माज्यू सन् २०१२ देखि २०१४ सम्मको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रको महासचिवमा आसिन हुनुभए पछि वहाँकै सल्लाहअनुसार कोलोराडो च्याप्टरले जिम्मा लियौं । तर यो सङ्ग्रह प्रकाशन गर्नलाई हामीलाई निक्कै धौ धौ पर्‍यो कारण यस्को पान्डुलिपी नै (सन् २०१० तिर) केन्द्रको जिम्मामा हुँदा बेपत्ता भएछ

हामीलाई
पनि आफ्नो कार्यावधीमा एउटा ऐतिहासिक काम गर्न पाए आफ्नो कार्यकाल सफल रहने भन्ने धोको थियो र गजलकार मनु ब्राजाकीज्यू पनि आफ्नो पाण्डुलिपी बेपत्ता भएकोमा धेरै चिन्तित हुनु भएको थियोहाँले मलाई धेरै गुनासोपनि पोख्न थाल्नुभो आफ्नो कृति ओझेल हुने त्राषले त्यसैलेपनि हामी यस्को खोजीमा लागि पर्यों  

भाग्यवश
 हाम्रा निर्तमान महासचिव हालका कोलोराडो च्याप्टर उपाध्यक्ष कपिल सुबेदीज्यूले नै उ बेलाका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्रज्यूबाट उक्त गजलको लिखित कपि आफूले टाइप गर्नलाई लिनु भएर फिर्ता गर्नुभएको रहेछ धेरै समय बितिसकेकोले पनि कपिलज्यूसँ पनि उक्त टाइप गरेको नरहेकोले हामी सबै चिन्तित थियौँ तर भाग्यवश कपिलज्यूले ३/४ वर्षअघि डिलिट गरेको बक्समा उक्त टाइप गरेको गजलहरु रहेकाले हामीले यसलाई सजीव शरीर दिन समर्थ बन्यौं |

सधै लेखक र सर्जकहरु मारमा पर्ने आफ्नो पारिश्रमिक नपाउने जस्ता दुखद् कुराहरूलाई आत्मसात् गरेर हामी च्याप्टरका पदाधिकारीहरू मिलेर सर्जक मनु ब्राजाकीज्यूलाई आफूले उठाएर भएपनि केही पारिश्रमिक दिने निधो गरेर हामीले थोरै भएपनि $२००.०० गजलकार मनु ब्राजाकीज्यूको हातमा थमाउ वहाँको बासस्थान वेष्टमिनिष्टर पुग्यौं | एक अग्रज र बृद्धावस्था टेकीसक्नु भएको सर्जक वा लेखकलाई अलिकति सान्त्वनाको पुल बाँधी दिन पाउनुपनि हाम्रो निम्ति गर्वको विषय थियो |

यसरी गजल सङ्ग्रह निकाल्ने क्रममा समय त लाग्यो नै लगग १ बर्षजति हामीले सङ्ग्रहको लागी बजार व्यवस्थापन र प्रकाशन कम्पनी खोज्दा पनि सफल हुन सकेनौं | नेपालमा धेरै प्रकाशन कम्पनिहरुसँग मैले कुरा चलाईरहेँ तर यो समय गजल सङ्ग्रह बिक्री नहुने, रोयल्टी नपाउने जस्ता कुराहरू आएपछि अन्त्यमा मैले त्रिचन्द्र श्रेष्ठजीको टि.सि.एस. पब्लिकेशन काठमाण्डौसँग कुराकानी गरेर प्रकाशन गर्ने निधो गरेर सबै पदाधिकारीज्यूहरुसँग कुरा अघि बढाएँ जम्माजम्मी प्रकाशन खर्च लग$३००.०० मा गजल सङ्ग्रह तयारी हुने भोहामीले प्रकाशन गर्न ढिलाइ गरे तापनि प्रकाशनको जिम्मा लिएका टि.सि.एस. पब्लिकेशनका त्रिचन्द्रजीले बडो बफादारी र मेहनतका साथ समर्पित भएर आफ्नो जिम्मेवारी निभाउनु भयो र समयमै गजल सङ्ग्रह "आगोले त पोल्छ पोल्छ पानीले झन् पोल्छ" गजल सङ्ग्रहलाई पाठक सामु उभ्याईदिनु भयो

हुनत हामीले सर्जकलाई चित्त बुझाउन सक्यौं या सकेनौं त्यो त हामी जान्दैनौं तथापि कोलोराडोमा सर्जकलाई पारिश्रमिक दिएर सङ्ग्रह प्रकाशन गरिदिने एउटा ट्रेन चाँहि बसाउने प्रयत्न गर्‍यौँ

यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको एक सम्झनयोग्य काम नै हुनुपर्छ भन्ने मलाई लाग्दछ यदि योभन्दा अघि भएको छैन भनेयस्तै गरेर हामीले अग्रज गजलकार मनु ब्राजाकीज्यूको एकल गजल वाचन कार्यक्रम गरेर केही आय आर्जनगरि सर्जकलाई जिम्मा दिने प्रयासपनि नगरेका हैनौं तर सबैलाई साहित्यको रस भिज्छ र मनपर्छ भने ग्यारेन्टी नहुँदोरहेछ हामीले कार्यक्रम त आयोजना गर्‍यौँ $२०.०० शुल्क राखेर तर भनेजत्ति दर्शक, श्रोताको उपस्थिति नहुनाले हामीले लगभग $४००.०० जतिमात्र उठाउन सफल भयौँ र त्यसमध्ये केही खर्च काटेर बाँकी रहेको रकम गजलकारज्यूलाई हस्तान्तरण गर्‍यौँ

जे होस् जानी नजानी जे जस्तो गरेर भएपनि हामीले वरिष्ठ गजलकारज्यू
को गजल सङ्ग्रह निकाल्न सफल भयौँ अब ती गजल सङ्ग्रहभित्र के कस्ता भावका गजलहरु छन् त? केही जानकारी पनि लिऊँ गजलकार मनु ब्राजाकीज्यूको गजलबारे वर्णन गर्न खोज्नु र वहाँको गजल लेखनबारे मैले बोल्ने हिम्मत गर्न खोज्नु त हाँस्यास्पद कुरा हो तर यो होइन कि वहाँको गजललाई मैले शल्यक्रिया गर्ने नै हिम्मत गर्दैछुमैले त केवल यो सानो मानसपटलले बुझेको र मलाई मन परेका केहि हरफहरु मात्र यहाँहरु माझ पस्कने अभीष्ट राख्दैछु

गजल सङ्ग्रह
"आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ" यो गजल सङ्ग्रह गजलकारको चौथो गजल सङ्ग्रह हुनुपर्दछ यस गजल सङ्ग्रहभित्र गजलकारज्यूले हर प्रवासीको पीडा, देशप्रेम, मैलो राजनीतिलाई ब्यंग्य प्रहार, प्रकृति वर्णन, जीवन जगतका स्वरूप र माया प्रेमका भावहरुलाई पनि बडो सुन्दर ढङ्गले प्रस्तुत गर्नु भएको छ 

यो सङ्ग्रहको पहिलो गजलको शेरको हरफ यसप्रकारको छ "आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ" यही पहिलो गजलको भावलाई नै गजलकारज्यूले छानेर गजल सङ्ग्रहको न्वारान गर्नु भएर शीर्षक यही वाक्यबाट नै राख्नुभएको  यो गजलका शेरहरु यस प्रकार छन्:
"आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ
बोल्नेले त बोल्छ बोल्छ, नबोल्नेले झन् बोल्छ "

यही शेरबाट नै गजलकारज्यूले आजको समयमा देखापरेका असम्भव र अपत्यारिला कुराहरूले नै कसरी राज गरिरहेकोछ भन्ने चेतना दिन खोज्नु भएको छ यो सङ्ग्रहभित्र निक्कै चाखलाग्दा र रामबाणझैँ मुटुमा लाग्ने गजलभावहरु प्रशस्त छन् ती मध्ये वहाँको यस्तै अर्को मार्मिक गजलको शेरको भाव यस प्रकार छ:
"बिहानीलाई देख्दापनि साँझ लाग्छ 
परेवालाई देख्दापनि बाझ लाग्छ"

यी हरफहरुले अन्य धेरै कुराहरूको प्रतिबिम्ब झल्काएतापनि मेरो बुझाइमा गजलकारज्यूले यो भावानारुपी शेर र यो गजलको भावलाई हामी नेपालीको दर्दनाक पीडा र देशको अस्थिर राजनीति अर्थात् जनताले भोग्नुपरेको कष्टको कारण  राजनीति र नेताहरुप्रतिको असन्तुष्टि अनि अविश्वासलाई यहाँ झल्काउन खोज्नु भएको छ भनौं, अब कसैप्रति आस्था र विश्वास गर्ने समय नभएकोले अनि सही र असल मानिसलाई पनि खराब नै लाग्ने र मानवलाई पनि दानव सम्झिने बानी हर मनमा परिसकेको आभास दिलाउनु भएको छ

यस्तै वहाँको अर्को गजल छ जुन गजलको शेरले भन्न खोजेको के छ भने नेपालमा अझैपनि देशले गर्भधान गरिरहेको "संविधान" जन्मन नसक्नुको आश्चर्य र पीडालाई यसरी इंगित गर्नु भएको छ
"भक्त सामु नदेखिने भगवान् जस्तै 
नेपालमा नलेखिने संविधान जस्तै"

यो माथिको शेरले सिधै आजको सहमति र असहमतिको पेन्डुलम बनेर नेताका स्वार्थरुपी भावहरुले संविधान लेखिनमा जुन बाधा र ब्यवधान ल्याएको छ त्यसैलाई प्रतिबिम्वित गरेको छ यसरी यो गजल सङ्ग्रहमा जम्मा ९३ वटा गजलहरु संग्रहित छन् जस्ले हरेक भावमा जीवन जगतमा भोग्नुपर्ने र भोगिएका देखिएका क्रियाकलापहरुलाई छर्लङ्ग पार्न सफल छन् वरिष्ठ गजलकार, कथाकार, साहित्यकार श्री मनु ब्राजाकीज्यूको सृजनालाई मजस्तो सानो दिमाग र निम्न कलमले समीक्षा गर्न खोज्नु त हाँस्यास्पद कुरो नै हो तर मैले वहाँको गजल सङ्ग्रहको समीक्षा गर्ने हिम्मत राखेको कदापी होइन कि मेरो अध्यक्षतामा अ.ने.सा.स. कोलोराडो च्याप्टरले यो सङ्ग्रहलाई बाहिर ल्याउने प्रयास गरिएकोले नै मैले यो सङ्ग्रह र यस्का सर्जकज्यूलाई सम्मान गर्न र आफ्नो कर्तव्य ठानेर मात्र यति लेख्ने अभीष्ट राखें कतै मैले आफ्नो गक्ष्यभन्दा माथि उक्लन खोजें भने क्षमाप्रार्थी छु मलाई लागेको छ मैले पक्कै पनि गल्ती त गरिन्अब मैले वहाँको यो गजल सङ्ग्रहको विज्ञापन गर्नु भन्दापनि यो गजल सङ्ग्रह पढे पश्चात् हर पाठकले सर्जकका नयाँ स्वाद पाउन सफल हुनु हुनेछ आशा गरौँ वरिष्ठ गजलकार मनु ब्राजाकीज्यूको नयाँ गजल सङ्ग्रह "आगोले त पोल्छ पोल्छ, पानीले झन् पोल्छ"ले गजल पारखीहरुलाई अरू थप आनन्द दिनेछ |
अस्तु  ।

No comments:

Post a Comment