शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, September 7, 2014

गायिका अन्जु पन्तले रुँदै माफी मागिन (भिडियो सहित)

हस्तलिखित एक पत्र मार्फत गायिका अन्जु पन्तले माफी मागिन्
------------------------------------------------------------------------------
गीत गाउन नमानेको विषयमा उनको चौतर्फी आलोचना भइरहेका बेला उनले आफूले नेपाली गीत संगीतप्रेमी सबै स्रोता र सबै धर्मावलम्बीलाई श्रद्धा गर्ने उल्लेख गरेकी छन् । उनले भनेकी छिन्, ‘यदि म बाट जान अञ्जानमा केही भुल भएको भए क्षमा चाहन्छु ।’
साथै उनले हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दशैको नाम उल्लेख नगरिकन सबै धर्मावलम्बीहरुमा नजिकिदै गरेको आफ्नो चाड सभ्य र सरल किसिमले मनाउन आग्रह गर्दै शुभकामना समेत दिएकी छिन् ।



अन्जु पन्तले माफी मागे लगत्तै क्रिश्चियन बनेको रहस्य खोलिन ।
यसरी बने म क्रिश्चियन- अञ्जु पन्त

एउटा समय थियो मेरो पारिवारिक तनावले गर्दा म कतै जान सकेकी थिइन । काठमाडौमा एक्लै टोलाउँथे । एकदिन काठमाडौ बाहिर गएपछि बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई विरगन्ज पुरयाउनु भयो । त्यहाँ हाम्रो सानो बुवाको परिवार थियो । शुक्रबार पुगेका थियौ, शनिवार त्यहाँको एउटा ठुलो हलमा हामी सवैजना बस्यौ । एक, दुई चार गरि अडियन्सहरु बढ्न थाले । मलाई सवैले चिन्थे तर म कसैलाई पनि नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाउ भन्नुभयो । मैले त्यसै गरे । पछि थाहा भयो मेरो सानोबुबा क्रिश्चित धर्मको पाष्टर र सानीआमा पास्टरर्नी हुनुहुदो रहेछ । पास्टर सानोबाले मलाई छोएर ‘हे प्रमु तपाईले बनाउनु भएको सुनको शिष्यलाई कसैलेपनि तहसनसह पार्न नसकोस्’ भन्नु भयो । यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ, तर त्यस्तो त म कहिले पनि रोएकी थिइनँ ।
बेलुकी भजन कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर भजन कितावबाट मलाई आठ नम्बरको भजन गाउन लगाइयो । ‘महान ईश्वर गर्छु म प्रशंसा तपाईको’ भजन मैले गाउनु पर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थाले, यता कुँदे उता दगुरे । दाइहरुपनि रुनु भयो । त्यसपछि पास्तर बुवा राजकुमार घिमिरे र पास्टरर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनु भयो । त्यसपछि बाइवल पढ्न थाले, प्रभावित भएर क्रिश्चितयन बने ।

-------------------------------------------------------------------

अञ्जु पन्तको कार्यक्रममा शिवसेनाले प्रतिरोध गर्ने, 
गीतमा प्रतिबन्ध माग
 अञ्जु पन्तले माफी मागे पनि अब यो विषय जटिल हुँदै गएको महसुस हुन्छ हिन्दु धर्मको रक्षार्थ शिवसेना नेपालले एक विज्ञप्ति जारी गर्दै गायिका अञ्जु पन्तले हिन्दूधर्म तथा नेपालको अपमान गरेको भन्दै शिवसेना नेपालले उनको गीतलाई प्रतिवन्धितको माग गर्दै भनेको छ- "अञ्जु पन्तको कार्यक्रममा शिवसेनाले प्रतिरोध गर्ने, गीतमा प्रतिबन्ध माग" थुतुनो जोगाउनुपर्छ भनेको त्यसै होइन क्या बुढपाकाले ।

---------------------------------------------------------------------
अन्तमा केहि नलागे पछि पत्रकार प्रकाश थेगिमलाई दिएको १५ मिनेटको अन्तर्वार्तामा रुँदै भनिन् मैले हिन्दू धर्मको गीत गाउँदिन नभनेको, सञ्चो नभएर अाज गाउन सक्दिन भनेको तर मिडियामा गलत आशयको समाचार अाएमा दु:ख प्रकट गरिन् ।

अन्तर्वार्ता

No comments:

Post a Comment