शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, September 10, 2014

कुन बाटो रोज्ने अन्जु ? हिन्दु कि क्रिश्चियन ??

प्रिय गायिका अञ्जु पन्त बैनीलाई सुझाव
यति स्पष्टसँग गायिका अञ्जु पन्त बैनीले आफ्नो पछिल्लोपटक अंगीकार गरेको धर्म मण्डलीमा उद्गार दिएपछि तिमी नरोऊ बैनी ! धर्म मान्ने, छोड्ने अधिकार मानिसको नैसर्गिक अधिकार हो । तिमीले जे गरेकी छ्यौ तिमीलाई शतप्रतिशत ठीक लागेर गरेकी हौली । आफूले निर्णय लिएपछि आफ्नो निर्णयको पक्षमा अडानका साथ उभिनुपर्छ तिमीले बैनी । तिमीले गल्ती गरेकी छैनौ यदि तिमी आफैँले धर्म फेर्ने निर्णय लिएकी हौ भने । त्यो तिम्रो मौलिक अधिकार हो । नेपालको प्रचलित कानुनले तिमीलाई अधिकार प्रदान गरेको छ । तिमीलाई साइवर क्राइम भएको छ जस्तो लाग्छभने कानुनको सहारा लिन सक्छ्यौ । नेपालमा साइवर कानुन लागु भइसकेको छ ।

तिमीले डी. सी. नेपाल लगायतका मिडियामा अपराधीले जस्तो गरेर रुँदै माफी मागेको देख्दा मलाई ठीक लागेन । तिमी काँतर हौ बैनी । कोही आफ्नो निर्णयको बचाऊ गर्न रुन्छन् ? धत् लाटी ! हिजो तिमी हिन्दू थियौ त आज परिवर्तन गरेर क्रिश्चियन भयौ त के भो ! बन्न सक्छ्यौ तर आफ्नो आस्था र धर्म मान्ने क्रममा अरुको धर्म र आस्थामाथि ठेस पुग्ने शब्द, व्यवहार र क्रियाकलापचाहिँ कसैलाई पाच्य नहुनु स्वभाविक हो । तिमीले तिम्रो मण्डलीमा जे बोल्यौ त्यसले हिन्दूधर्मावलम्बीहरुको चित्त दुख्नु स्वभाविक हो किनभने तिमीलाई यो उचाईमा तिनीहरुले नै पुर्याएका हु्न् । यसमा दुईमत कदाचित् हुन सक्दैन । हामी साक्षी छौँ, सारा संसार साक्षी छ । सत्य छोपेर छोपिन्न । आफ्नो इच्छा मुताविक आफूले धर्म परिवर्तन गरेकोमा बरु उहाँहरुको साथ र सहयोगको लागि हार्दिक धन्यवाद दिएर अब उप्रान्त म क्रिश्चियन भएँ, यसमा अन्यथा नलिदिनुहोला भन्न सक्थ्यौ । त्यसो हुँदा अहिले जसरी जुन अवस्थाको सामना गरिरहेकी छ्यौ शायद भोग्नु पर्दैनथ्यो किनभने नेपालमा सबै धर्म, सम्प्रदाय र संस्कारका बीचमा समझदारी र समन्वय कायम छ ।

कुरा प्रष्ट राख । आफ्नो धर्म मान । तिमीलाई कसले के गर्न सक्छ र ! कानुनले संरक्षित गरेको छ तिम्रो अधिकार । भन्न सक्छ्यौ त–“म क्रिश्चियन भइसकेँ, अबदेखि हिन्दू वा अन्य धर्मसँग सम्बन्धित गीत, भजन गाउदिन । कृपया मलाई कर नगरिदिनु होला र यसको लागि क्षमा प्रार्थी छु !”

अञ्जु बैनी, तिमीले चर्चको कार्यक्रममा जहाँ तिमीलाई सम्मान गरिएको देखाइएको छ, त्यहाँ आफ्ना कुरा राख्ने क्रममा धेरै गल्ती गर्यौ कि जस्तो लागेको छ तिम्रो त्यो रेकर्डेड भिडियो हेर्दा । आफैँ एकपटक यो भिडियो हेर जो मैँले यु ट्युबबाट लिएको हो । तिम्रो मुखारविन्दबाट धार्मिक सहिष्णुता टुटेको छ । तिमीलाई तिम्रो धर्म र आस्थाको धरोहरको बारेमा बोल्ने पुराका पुरा हक छ तर अरु धर्म र तिनका आस्थाका धरोहरमाथि टिकाटिप्पणी गर्ने हक छैन । बोल्नै नहुने कुरा बोलेकी छ्यौ । त्यसले तिमीलाई जीवनमा साह्रै अप्ठ्यारो पार्न सक्नेछ । तिमी आफ्नो अभिव्यक्ति शैलीमा सुधार गर । तिम्रो मावली र मेरो मावली एकै ठाउँ हो आठराई । त्यसैले मैँले तिमीलाई बैनी भनी सम्बोधन गर्दैछु । तिमीले यसमा अन्यथा लिनेछैनौ भन्ने ठानेको छु । गल्ती भएमा क्षमा प्रार्थी छु । जेभए पनि म तिम्रो स्वरको प्रशंसक हुँ ।

अञ्जु बैनी, तिमीले आफ्ना गल्तीहरु विश्वबजारमा नराम्ररी छरपष्ट पारेकी छ्यौ । कसरी सम्हाल्छ्यौ ! डी. सी. नेपालमा रोएर मैँले त्यसो भनेकी छैनौ भन्यौ तर यु ट्युबको तिम्रो भिडियोले तिमीले बोलेको प्रमाणित गरिदिएको छ । त्यो एकठाउँबाट हटाउदैमा पुराका पुरा हट्दैनन् । कतै न कतै डाउनलोड भएर सेभ रहेका हुन्छन् । हटाउन त हटाइएको रहेछ तर ब्लगहरुमार्फत फेरि धमाधम अपलोड भइरहेका छन् ।
अन्तमा, बैनी आफ्नो विगत नभुलेकै बेस् । ठीकै छ नि, क्रिश्चियन हुनुअगावै त तिमी हिन्दू थियौ । त्यसलाई त्यसरी नै सकार भन्छु म त । होइनभने आजसम्मका साराका सारा तिम्रा रेकर्डेड गीतहरु जलाइ देऊ । माता भवानी, दुर्गा भवानी, शिवजी, पार्वती जजसको भजन गाएकी छ्यौ धमाधम टिभी च्यानलहरुले खोजीखोजी देखाउदैछन् कति तयारीमा लागेका छन् । तिमीले भगवती वहालको मन्दिरमा गाएका भजनहरु पनि त रेकर्डेड होलान् । ती सबै अहिले तिमी शैतानका भजन देख्छ्यौ । तिनै भजन हिजोसम्मका तिम्रा मार्ग दर्शक थिए तर तिम्रो मान्यतामा रातारात शैतानका भजनमा बदलिए । फेरि पनि आवाज त अञ्जु पन्तकै छ । के गर्छ्यौ अब तिमी ? अञ्जु पन्तको आधारशीला त हिन्दू धर्म नै हो । तिमीले क्रिश्चियन बनेपछि अब तिमीले नाम त फेर्नै पर्छ । शायद तिमीलाई तिम्रा पाष्टर बाले पनि यसै भन्दै होलान् । हिन्दू धर्मको गीत नगाउने भएपछि तिम्रो नाउँ पनि हिन्दूको हुनु भएन । तिम्रो नाउँ हिन्दू विधिअनुसार राखिएको हो । संस्कृत तत्सम ‘अञ्जलि’ बाट ‘अञ्जु’ व्युत्पति भएको देखिन्छ । तसर्थ यो हिन्दू शब्द हो र यसको अर्थ हातका औँलाहरु माथि पारी फर्काएर बनेको खोपिल्टोलाई अञ्जली भनिन्छ । त्यसैलाई छोटकरीमा चेलीहरुको नाउँ राख्दा ‘अञ्जु’ राख्ने चलन छ । धर्म परिवर्तन गरेपछि नाम पनि परिवर्तन गर्नपर्यो नत्र त ढोँगी भइहालियो नि ! कि तिमी क्रिश्चियन  छोडेर हिन्दु धर्ममा फर्क यसैमा तिम्रो भलो हुन्छ होइन तिमि  क्रिश्चियन  बन्छौ भने  क्रिश्चियन नै बन तर तिम्रो करियर धरापमा छ कि तिमीले धर्म को निम्ति सांगीतिक छेत्र बाट टाढा बस्नु पर्यो ? यी बाटो मध्ये एउटा बाटो रोज त्यो तिम्रो खुसिकोको कुरा हो धर्म क्रिश्चियन नाम हिन्दू !!! यस्तो कसरी हुन्छ ? त्यसैले सबै मिलाएर लैजाऊ ! अन्य धर्मका र आस्थाका मानिसहरुलाई शैतान भन्न छोड ! मरेर जाने अनन्तमै हो चाहे हिन्दू, चाहे किरात, चाहे क्रिश्चियन, चाहे मुश्लिम वा अन्यान्य । बाँचुन्जेल सबैलाई राम्रो देखौँ !

गीतकार दुर्गालाल श्रेष्ठज्यूले भनेजस्तो– “फूलको आँखामा फूलै संसार...”

समय छँदै सत्य बोल बैनी । तिम्रो सुन्दर संसार छ नेपाली सांगीतिक फाँटमा । आफैँ आगो लगाएर मरुभूमिकरण नगर ! हिम्मतले भन बरु म मेरो धर्मले प्रतिबन्धित गरेका शब्दहरु भएको गीत गाउदिन तर म कुनै धर्मलाई र तिनका आस्थाका धरोहरलाई प्रभुभन्दा सानो भन्ने टिकाटिप्पणी पनि गर्दिन । तिमीले बैनी, धर्म परिवर्तन गरेकै भरमा यत्रो वबण्डर मच्चिएको होइन । तिमीले जे बोल्नु हुँदैनथ्यो त्यो बोलेर भएको हो । कर्मको फल त कर्ताले भोग्नैपर्छ जो तिमी भोग्दैछ्यौ । तिमीले बोलेको भिडियो छ्यास्छ्यास्ती बजारमा छन् अनि तिमी बोलेको छैन भन्छ्यौ । यही हो तिम्रो गल्ती । तलको भिडियोमा बैनीकै मुखारविन्दबाट ती बोल्नु नहुनु शब्द बोलिएका छन् ।

*** मेरो धर्म सबै धर्मलाई समान देख्नु हो

-भानेन्द्र सम्बाहाङफे ‘जुझारु’

अन्जुले हिन्दु धर्मप्रति होच्याएर यसरी बोलेकी थिइन हेर्नुहोस् भिडियो



No comments:

Post a Comment