शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, September 5, 2014

‘देउता चढेको बेला’ धामीले निलेको फलाम डाक्टरले निकाले

(नेत्र शाही) जुम्ला, भदौ २० - घण्टाको चारवटा रालो (घण्टाभित्र हल्लने फलामको सानो डण्डी) निलेका जुम्लाका एकजनालाई डाक्टरले बचाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. निरेश थापाले जुम्ला महावैपातर खोलाका ४७ वर्षका जनकबहादुर शाहीको पेटबाट ४ वटा फलामको टुक्रा निकालेर उहाँलाई पुनर्जन्म दिनुभएको हो ।
दुई महिनाअघि जुम्लाका विभिन्न देवताहरुको मन्दिरमा मनाइने जात्राका क्रममा ‘देउता चढेको’ भनेर धामी नाच्दै हिँडेका शाहीले चारवटा घण्टाको रालो निल्नुभएको थियो ।
पेटभित्र रालो पस्दा निकै अप्ठेरो भएपनि शाहीले दुई महिनासम्म त जसोतसो खप्नुभयो । सहनै नसकेपछि अब त बाँचिन्न जस्तो लागेर उहाँ केही दिनअघि मात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्नुभयो । डाक्टर थापाका अनुसार शाहीलाई सुरुमा हेर्दा
एपेन्डिसाइटिस् भएजस्तो लाग्यो । तत्कालै एक्सरे गरेपछि उहाँको आन्द्रामा फलामका सरिया जस्तो देखियो ।
‘त्यही राती ९ बजेतिर अपरेशनको तयारीमा लाग्यौं, अपरेशन गर्ने बित्तिकै आन्द्रा च्यातेर बाहिर आएको फलाम पनि देखियो’ थापाले भन्नुभयो, ‘एउटा निकालौं भन्दा अरु तीनवटा पनि निकालियो डा. थापाले भन्नुभयो । अपरेशन राती १२ बजे सकिएको थियो ।

चारवटा रालो पेटभित्र कसरी पुग्यो ?

भातमा मिसिएको धानको बियाँ झुक्किएर निल्यो भने त घाँटीमा अड्कन्छ । फलामको चारवटा रड कसरी पुग्यो होला पेटभित्र ? घण्टाको रालो निलेका शाहीका अनुसार उहाँलाई महादेव महारुद्र (देउता) चढ्छन । आफूलाई देउता चढेको बेला रालो निलेको दावी गर्दै शाहीले भन्नुभयो ‘यो मुल देवता नभई बहान भएकाले देवस्थलमा देवत्व चढेको बेला घण्टाको रालो निलेछु ।’
आफूले यसरी रालो निलेको पहिलोपटक नभएको पनि उहाँले बताउनुभयो । २५ वर्षदेखि अहिलेसम्म ३ सय वटा भन्दा धेरै रालो निलिसकेको उहाँले बताउनुभयो । अहिलेसम्म आफूलाई केही नभएको तर यसपटक मात्र 

  
यसरी अस्पताल आएर निकाल्नुपरेको उहाँले सुनाउनुभयो ।   यसपटक आफूले पुनर्जन्म पाएको पनि शाहीले बताउनुभयो । डा. निरेश थापालाई उहाँले ‘पुनर्जन्म दिने ईश्वर’ भन्नुभएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई ‘इश्वर बास गर्ने स्वर्ग’को उपमा दिनुभएको छ । डा. थापाका अनुसार मान्छेको अवस्था असामान्य भएको बेला यस्ता घटना हुन सक्छन् ।    
फलामको त्यति कडा रालो तपाईंले कसरी निल्नुभयो भन्ने जिज्ञासामा शाहीले त्यतिबेला रालो नरम भएर आउने र त्यसलाई सजिलै निल्न सकिने बताउनुभयो । अब भने कहिल्यै त्यस्तो नगर्ने पनि उहाँले कसम खानुभयो ।
-उज्यालोअनलाइनडटकम 

No comments:

Post a Comment