शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 28, 2014

चुलबुले सालुको गीत रेकर्ड सम्पन्न

-त्रिचन्द्र प्रतीक्षा
जन्मभूमि छाड्नु परेको विवशता एकातिर पन्छाएर आफ्नो कला
, सीप विदेशमा समेत सदुपयोग गर्न अग्रसर छन् नेपाली । यसको एक उदाहरण हुन् सालु गौतम । नेपालको तनहुँमा जन्मेर ४ वर्षअघि देखि पोर्चुगलमा कर्मभूमि बनाउँदै आउनु भएकी सालु गौतम एक सफल मोडलको रुपमा प्रसिद्धि कमाएकी उहाँ बेली डान्सर पनि हुन् ।

छुट्टीको सिलसिलमा नेपाल आएकी सालुले केही समयअघि धुर्मुस (सिताराम कट्टेल) द्वारा निर्देशित प्रमोद खरेलको गीत कन्ट्रोल हुँदैनबोलको गीतको भिडियोमा मुख्य अभिनय गर्नुभएको छ । (सो भिडियो Youtube मा हालसम्म ८८,५२५ पल्ट हेरिसकेका छन् ।) यस्तै नेपाली चलचित्रमा अभिनय गर्नुका साथै सोही चलचित्रको केही गीतमा समेत आफ्नो स्वर दिएकी छिन् । निकै व्यस्तताका बावजुद पनि अन्य थुप्रै उत्पादन मूलक ब्राण्डको विज्ञापनमा मोडेलको रुपमा समेत फोटो सेसनमा सरिक हुनुहुन्छ ।

उमेरले भर्खरै २४ औं वसन्तमा पाइला टेकेकी चुलबुले देखिएता पनि आम नेपाली चेलीभन्दा पृथक देखिनु हुन्छ- मोडल, कोरियोग्राफर, डान्सर, अभिनय, साहित्य आदि विधामा पोख्त छिन् । वहुप्रतिभाशाली सालु गौतम साहित्यमा पनि निकै रुचि राख्नुहुन्छ । उहाँले सृजना गरेको-

"लौ हेर म नाच्छु कसरी
आउ सिक रमाउन यसरी,
तिमी हेर म नाचेँ कसरी
भाँचे है कम्मर यसरी ।"

शब्द रहेको गीतलाई आफ्नै संगीतमा एउटा पृथकखालको गीतलाई साउन १२ गतेका दिन सुत्र रकर्डिङ्ग स्टूडियोमा आफ्नै स्वरमा सफलतापूर्वक रेर्कर्डिङ्ग कार्य सम्पन्न गरिन् । नेपाली दिदीबहिनीहरु साउने सोमबारको व्रतमा व्यस्त रहेको बेलामा सालु गौतम भने दिनभर बानेश्वरको स्टूडियोमा व्यस्त थिइन्, उहाँ भन्नुहुन्छ- "व्रतमा मलाई विश्वास छैन, तर धर्ममा आस्था भने छ, म  कामलाई नै व्रतको रुपमा मान्ने गर्दछु" ।

निकट भविष्यमा नेपाली सांगीतिक क्षेत्रमा सालु गौतमको गीत गुन्जने छन्, अग्रिम सफलताको कामना गर्दछौं । 
  

रेर्कर्डिङ्गका बेलाको केहि दृश्यहरु

No comments:

Post a Comment