शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, July 11, 2014

प्रेममा परेका दिदि-भाइद्वारा आत्महत्या २० पानाको सुसाइड नोट

आत्महत्या गरे पछीको तश्विर
असार-२७, इन्डोर (एजेन्सी) । एक-दोस्रासंग प्रेममा परेका दिदि-भाइले भारतको इन्डोरस्थित एक होटलमा आत्महत्या गरेका छन् । दुवै जना पछिल्लो १५ दिनदेखि परिवारबाट बेपत्ता बनेका थिए । बेपत्ता भएपछी पुलिसले उनीहरुको खोजि गर्दै थियो । प्रहरी अनुसन्धानकै क्रममा बिहिबार दिउँसो दुवै जनाको लास होटलको कोठामा प्राप्त भएको हो । उक्त कोठामा २० पेज लामो सुसाइड नोट समेत फेला परेको थियो । जसमा ४ पन्ना रोहितले लेखेको र ८ पन्ना मीनाक्षीले लेखेको बाँकी ८ पेज दुवै मिलेर लेखेका थिए जसमा उनीहरु दुवै जनाको पुरै प्रेम कहानी लेखिएको छ ।

प्रहरीको अनुसार भारत स्थित हरदा गाउँको चरवामा बस्ने १९ वर्षीय रोहित र खंडवाको सुरगाउँकी २५ वर्षीया मीनाक्षीले एक-दोस्रालाई दिदि-भाई बताउंदै इन्डोरको रेडिसन चौराहेस्थित होटल स्काइमा बसेका थिए । उनीहरु १५ दिनदेखि बेपत्ता भएपछी प्रहरीले खोजि कार्य तिब्र पारेको थियो । यही क्रममा खजराना टीआई सीबी सिंहले बिहिबार करिव साढे १२ बजे होटल स्काइमा उनीहरु रूम नंबर २०२ मा बसेको तर उनीहरु बसेको कोठाको ढोका भने नखुलेको बताएका थिए । पछी ढोका तोड्दा दुवै जना ओछ्यानमा एक-दोस्रालाई अँगालोमा बेरिएको अवस्थामा मृत फेला परेका थिए । दुवै जनाले बिष सेवन गरि आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

रोहितले यस्तो लेखेका थिए..

बुबाको लागि :> तपाइँ एकदम राम्रो हुनुहुन्छ । मलाई तपाइँले हर-पल साथ दिनुभयो । मेरी कारण तपाइँलाई टेन्सन भयो यसै कारण म मर्दैछु । आई लव यू पापा...




आमाको लागि :> दिनहुँ तपाइँको फोटो हेर्ने गर्छु । यदी मेरो याद आइराखे मेरो फोटो आफ्नै साथमा राख्नुहोला । अब म तपाइको सपनामा आउँला जसरी पहिले बिपनामा आउने गरेको थिएँ । नरुनुहोला ......

भाइको लागि :> राहुल तिमिले आफुलाई भन्दा बढी मलाई राम्रो सम्झेउ तर म गलत सावित भएँ । परिवारको समग्र जिम्मेवारी सम्हालेर बस । आमा-बुबाको ख्याल राख । मेरो सबै कपडा तिमीलेनै लगाउ एकदम राम्रो देखिनेछ ।

मीनाक्षीले यस्तो लेखेकी थिईन्

बुबाको लागि :> मलाई थाहा छ बुबा मान्छेले के भन्छन्, तर पनि बुबा मलाई हुन सक्छ भने माफ गर्नुहोला । तपाइँ आफ्नो ख्याल राख्नुहोला, कम्मरको दुखाइको लागि समयमै दवाई खाइराख्नुहोला । अरु केहि पनि लेख्न सक्दिन किनकी तपाइँको लागि जे लेखेपनि कम हुन्छ । सरी पापा.. बाई .....

आमाको लागि :> मम्मी तपाइँ एकदम काम गर्नुहुन्छ अनि थाक्नु हुन्छ । बुबासंग झगड़ा नगर्नुहोला । तपाइँ दुवै जनाको झगडा भई रह्यो भने मलाई नराम्रो लाग्छ । मम्मी मेरो सबै सामानहरु अन्जुलाई दिनुहोला । तपाइँ सदा खुशी रहनुहोला । आई लव यू मम्मी ....

आफ्नै लागि :> म जे कुरा लेखि रहेको छु शायद कसैलाई पनि राम्रो लाग्दैन । म आफ्नो काकीको छोरासंग प्रेममा फसेको छु । यो कुरा घरकालाई बताए भने मलाई रोहित मिल्नेछैन, यसैले बिना कसैको दबावमा आफ्नो ज्यान दिन खोजेकि छु । (सास)



रोहित र मीनाक्षी होइन (रोमी) हौँ  हामी Lovers

२० पानाको सुसाइड नोटमा रोहित र मीनाक्षी (नातामा दिदि-भाइ) ले दुवैको नामको अघिल्लो अक्षर जोडेर आफ्नो प्रेमको नाम रोमी राखेका छन् । यो कुरा बताउनको लागि दुवै जनाले सुसाइड नोटमा दुवै जनाको तस्वीरमा आफ्नो प्रेमको नाम रोहितको 'रो' र मिनाक्षीको 'मी' स्पष्ट देखाएका छन् । उनीहरुले लेखेको सुसाइड नोटमा भेटेदेखी आत्महत्या गर्ने बेलासम्मको पुरै कहानी लेखिएको छ ।

हाम्रो भेट देवासमा काकीको छोरीको बिहेको बेला भएको थियो । त्यहाँ हामी दुइले एक-अर्काको मोबाइल नम्बर आदानप्रदान गरेका थियौं अनि दैनिक म्यासेज आदान-प्रदान गर्न थाल्यौं । मैले मीनाक्षीलाई प्रेम प्रस्ताव राखें तव उनले पनि स्वीकार गरिन । ३ नोभेम्बरमा हाम्रो तेस्रो भेट भयो । यो पटक ४ दिन संगै रहने मौका मिल्यो अनि बिबाहको विचार बनायौं । फेरी दैनिक एक-दोस्रोलाई सयौं म्यासेज गर्न थाल्यौं । १५ जूनमा मिनाक्षी बीएको फर्म भर्नको लागि मुंडीबाट खन्डवा आइन अनि दिनको सवा ४ बजे दुवै जना भाग्यौं । त्यहाँबाट भागेर हामी इन्डोर आयौं अनि एक होटलमा ३ दिन संगै बस्यौं ।

पुलिसलाई चुनौती दिएर भाग्यौं

इन्डोर आउनु भन्दा ८ दिन पहिले कोठा भाडामा लियौं । गृहस्थी बसाउने उध्यस्यले म भाडा-कुडा लिन बजार निस्किएको बेला मेरी प्यारी मीनाक्षीको दाइले मलाई पक्रे । त्यहाँबाट मलाई मुंडी लिएर गए। त्यहाँबाट फेरी इन्डोर ल्याए तब मलाई उनीहरुले चंदननगरको राजनगर ल्याए तर त्यहाबाट प्रहरीलाई समेत छक्याएर भाग्न सफल भएँ । त्यसपछि हामी दुवै जना मिलेर होटल स्काइमा आयौं ।

मर्नुभन्दा पहिले मिठाई खायौं अनि मनले चाहेको खानेकुरा खायौं


 होटल स्काइको संचालक दर्शन पारीखले बताए अनुसार दुवै जना दिदि-भाइ (प्रेमी-प्रेमिका) गत मंगलवार राती करिव १ बजे होटलमा आएका थिए । त्यहाँ मीनाक्षीले रोहितलाई आफ्नो भाई बताएर उनीहरु परीक्षा दिनको लागि आएको जानकारी गराइन् । रातको समय दुवै जना होटलको बाहिर हात समाएर घुमे अनि मनले चाहेको खाना (मस्का पनीर, जलेबी, मिल्क केक) खाए ।

२० पेज लामो सुसाइड नोटमा रोहित र मीनाक्षीले आफ्नो प्रेम कहानीको साथै आफ्नो आफ्नो परिवारको बारेमा पनि धेरै कुरा लेखेका छन् । (सास)

No comments:

Post a Comment