शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, October 19, 2013

विश्वकै ठूलो धार्मिक वाकाथन- दीपङ्खा



शुक्रबार एकाबिहानै ३ बजे ललितपुरबाट सुरु भएको दीपङ्खा यात्रालाई विश्वकै ठूलो धार्मिक वाकाथनका रुपमा पनि लिइन्छ। यो गज्जबको परम्परा अनुसार यस पटक करिब एक लाख सहभागी छन्। यो ब्लग तयार पार्दा यात्रामा सहभागीहरु बौद्धमा आराम गरिरहेका ‌छन्। बिहान ३ बजे पशुपति र गुह्येश्वरीको गेट खुलेपछि यात्रा फेरि सुरु हुनेछ। उनीहरुले उपत्यकाका महत्त्वपूर्ण स्थानमा ६० किलोमिटरभन्दा बढी पैदल यात्रा गर्छन्। यो यात्रालाई नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराका हिसाबले एकदमै महत्त्वपूर्ण मानिन्छ। धार्मिक सहिष्णुतालाई पनि यसले उजागर गर्छ। बौद्ध परम्परा अनुसारको संस्कृति भए पनि हिन्दुहरु यसमा उत्तिकै जोश जाँगरका साथ सहभागी हुन्छन्।
ललितपुरको हिरण्यवर्ण महाविहार, इतिलन्हे नागबहालबाट शुक्रबार बिहान ३ बजे यो यात्रा सुरु भएर आइताबार बिहान ९ बजेतिर सकियो । 
कस्तो अवस्थामा दीपङ्खा यात्रा हुन्छ?
सौरमासको सङ्क्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आइतबार जस्ता पाँच योगको समागम भएमा दीपङ्खा यात्रामनाइन्छ।
यसअघि विसं. २०६२ असोज ३१ गते यस्तो योग जुरेको थियो। त्यसअघि विसं. २०२४ र विसं. १९९७ मा दीपङ्खा यात्रा भइसकेको थियो। यस पटक २०६२ सालमा जस्तो सबै मिलेको भए पनि बार भने शुक्रबार परेको छ। बारलाई त्यति प्राथमिकता दिइन्न रे।
धार्मिकशास्त्र वृषावदान अनुसार शाक्यमुनि बुद्ध वृषावतार हुँदा श्री नीलमहावृषरत्ननामकरण भएको बोधिसत्वको चरित्रार्थ कालान्तरमा नीलथूलाई पशुपतिस्थित कैलाशमा लगी दिगवन्धनमा राखिएको अवस्थामा पुनः फर्काउने क्रममा ऋद्धिसिद्ध, तन्त्रक्रिया र आकर्षण विधिका कारण वृषदेव त्यहाँ बस्न नसकी तीन महिनासम्म दिग्भ्रम भई भौंतारिएर योगाम्बर चक्रस्थलभित्र पुग्नेबित्तिकै वर्तमान पशुवर्ण महाविहार इतिलन्हे नागबहालमा सिद्ध हुनुभएको संस्मरणमा श्री नीलथू पशुपतिबाट फर्केर आउनेक्रममा वास बसिआएका स्थानका देवस्थलहरूको अहोरात्र पैदल परिक्रमा गर्ने परम्पराअनुसार भव्यताका साथ दीपङ्खा यात्रामनाइने गरिन्छ।
वज्रयानी परम्पराअनुसार शुक्रबार बिहान करिब ३ बजे तीन जना गुरुले विधिपूर्वक पूजापाठ गरी सुरु गरिने दीपंखा यात्रा शनिबार लगनखेलस्थित महालक्ष्मीस्थानमा समापन हुनेछ।
रुट यस्तो छ-
इतिलन्हे नागबहालबाट बिहान ३ बजेदेखि सुरु भएको यात्रा ललितपुरको इलालन्हे (इलाननी, हिरण्यवर्ण महाविहार (क्वावहाल), क्वालखु, कोन्ति, स्वंथ, मंग, कोट, टंगः बहाल, तःबहा, लगनखेल, महालक्ष्मीस्थान, नखिपोट, बुंगमति, खोकना, कोयेना, चोभार, नेखु दोभान, पलिंगाल, लोहंगाल, हाँसपोता (झम्सिखेल), पचली, मतिलि बुद्धवारी, अट्को नारायण, काठमाडौँको मरु, भीमसेनस्थान, विष्णुमति, खुसिबही, किन्हुबही, सीतापाइला, फेखा, ईचंगु, हल्चोक, स्वयम्भू,विजेश्वरी, श्रीघः, थंवही, पकनाजोल, म्ह्येपी, पोरेपा (रानीवारी), लाजिम्पाट, साखोना, नारांहिटी, नक्साल, टङ्गाल, नकदेव, चण्डोल, चावहिल, महांकाल, खास्ती श्री बौद्ध महाचैत्य, बागमती, गुह्येश्वरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथलोहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटिविहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछेँ (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (वटुक) र महालक्ष्मीस्थान लगनखेलमा पुगेर समापन।
यात्रामा सहभागी लाखौं भक्तजन ती स्थानहरूमा हिँडेरै यात्रा गर्नेछन्। यात्रामा कुनै किसिमको विघ्नबाधा नहोस् भनी सुरुमै विधिपूर्वक पूजा पाठपछि यात्रा प्रारम्भ गर्ने गरिन्छ।

यात्रामा सहभागीहरूको स्वास्थ्य जाँचका लागि ठाउँ ठाउँमा स्वास्थ्य शिविर, खानेपानीको व्यवस्था, खाना तथा जलपानको व्यवस्था र शौचालयको व्यवस्थासमेत गरिएको थियो। केही दिन अगाडिदेखि नै रुटका बाटो र पुलहरुको विशेष सम्भार गरिएको थियो।
दीपंखा यात्राका लागि करिब रु. २४ लाख ५० हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यो रकम नगरपालिका, अर्थमन्त्रालय, विभिन्न वित्तीय संस्था तथा स्थानीय जनश्रमदान सङ्कलन गरी जुटाइएको हो।
दीपंखा यात्राका लागि पदमार्ग निरीक्षण गर्न जानुपर्ने र यात्रामा सहभागी हुने भक्तजनले यात्रा हुनु एकदिन अगाडि किसली (सुपारीसहितको अक्षता) अर्पण गर्नुपर्ने प्रचलन रहेको छ।
साभार: मेरो संसार

No comments:

Post a Comment