शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, October 30, 2013

जगदिश अब हामी माझ रहेन ।

साहित्यकार जगदीश घिमिरेको आज विहान निधन भएको छ । उहाँको उपचारका क्रममा ओम अस्पताल चाहविलमा आज (३१ अक्टुबर२०१३) विहान ५:५५ बजे निधन भएको हो ।
क्यान्सर पीडित घिमिरे विगत ३५ दिनदेखि अस्पतालमा भर्ना हुनुभएको थियो
------------------------------------------------------------------

अस्ताउँदो लेखससँगको आत्मीय भेट
जगदिश घिमिरेलाई लागेको Multiple Myeloma Cancer को कुनै उपचार छैन। छ त केवल चिकित्सकले दिएको २-४ वर्षको बाँकी जिन्दगी जिएर मृत्यु पर्खिने उपाय मात्र ! तीस वर्षभन्दा बढी दैनिक योग गर्ने गरेको र आहारविहारमा ध्यान पुर्‍याउने तपाईँलाई कस्तो लाग्ला अचानक Multiple Myeloma Cancer ले गाँजेको थाहा पाँउदा ? जबकि तपाईँ अमेरिका हिँड्दा स्वस्थ,हट्टाकट्टा देखिनुहुन्थ्यो र तपाइसँग त्यस्तो कुनै खासै बिरामी परेको इतिहास पनि थिएन जीवनमा ! कस्तो लाग्ला ! अवश्य पनि म जस्तो एउटा सामान्य मान्छेको निम्ति यो निकै असैह्य हुन्छ ! म रुन,कराउन अनि उफ्रन थाल्छु ! सायद धेरै यसै गर्लान्, केही ज्ञानीहरु छोडेर ! हो, त्यही हो जगदिश घिमिरेको स्थिति !


केही वर्ष अघिसम्म जगदिश घिमिरेले नेपाल साप्ताहिकमा ‘चेतना भया’स्तम्भ लेखिरहँदा म लामै समयसम्म उनको स्तम्भको पाठक थिएँ! जनताको पीडा र असरल्ल राजनीति बारे उनले प्रस्तुत गर्ने लेख पाठकका लागि निकै रोचक हुन्थे भने सत्तामा रहेर सत्ताको महचुसाइमा ब्यस्त रहेकाहरुका लागि टाउको दुखाइको बिषय ! मेरालागि उनको परिचय एउटा स्तम्भकारभन्दा अरु थिएन। मलाई त उनले म जन्मनुपूर्व नै ‘साविति’र ‘लिलाम’ जस्ता चर्चित उपन्यासहरु लेखिसकेका छन् भन्ने कुराको हेक्का थिएन ! बीचमा उनले लेख्न छोडे। अनि मैले ‘चेतना भया’ पनि भेट्टाउन सकिन नेपाल साप्ताहिकमा ! जीवन चल्दै रह्यो ! सासहरु फेरिँदै गए ! केही वर्षअघि जगदिश घिमिरे दम्पतिले रामेछाप जिल्लामा द्वन्द्वको समयमा पनि कत्ति विचलित नभै ‘तामाकोशी सेवा समिति’मार्फत् पुर्‍याएको योगदानको कदर गर्दै अमेरिकास्थित ‘वर्ल्ड नेवर्स’बाट The Reflection of hope Award – 2006 प्रदान गरिएको भन्ने पनि मैले कतै पढेको थिएँ। तर जगदिश घिमिरेको जिवनको बारेमा मलाइ धेरै थाहा थियन र थाहा पाउने कुनै प्रयास पनि गरेको थिइनँ ! कुनै कामै परेन !
केही दिन पहिला बुटवल घरतिर लाग्नुपुर्व कान्तिपथस्थित पुस्तक पसलबाट एक दर्जनजति पुस्तकहरु किन्नेक्रममा जोन उडको ‘Leaving Microsoft’ को नेपाली संस्करणदेखि सुष्मा जोशी र अजित बरालको ‘New Nepal-New Voices’ छोटा कथासंग्रहहरुसँगै जगदिश घिमिरेको ‘अन्तर्मनको यात्रा’पनि थियो ! काठमाडौ-भैरहवाको चालिस मिनटको जहाजयात्रामा शुरु गरेको ‘अन्तर्मनको यात्रा’को अन्त्य हुँदा नहुँदासम्म यसले मेरो अन्तर्मनलाई पनि निकै गहिरिएर छोएको थियो ! कथा भए..कथै हो भनेर छाडिदिन्थे,उपन्यास भए उत्कृष्ट छ भनेर सन्तुष्ट हुनेथिएँ। तर मलाई ठाउँठाउँमा पुस्तक किन शुरु गरेछु भनेर विचलितजस्तो बनायो ! भावुकताले यति नराम्ररी मलाई कहिले छोएको थियन कसैको ‘अटोबायोग्राफी’पढ्दा !
मलाइ कर्ण शाक्यको ‘सोच’पछि प्रभाव पारेको कुनै पुस्तक छ भने त्यो केवल ‘अन्तर्मनको यात्रा’नै हो ! दुबै पुस्तकमा केही समानता पनि छ र धेरै फरकपनि ! कर्ण शाक्य पनि क्यान्सरग्रस्त हुन् तर जगदिश घिमिरेलाई लागेको Multiple Myeloma Cancer जस्को उपचार छैन,छ त केवल चिकित्सकले दिएको २-४ वर्षको बाँकी जिन्दगी जिएर मृत्यु पर्खिने उपाय मात्र !
आफै अनुभव गर्नुस – तपाँईले आफ्नो समुदायको निम्ति गरेको अथक योगदानका निम्ति तपाँईलाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित पुरस्कारबाट सम्मान गरिने जानकारि प्राप्त भयो। अनि सम्मान गर्नका निम्ति बोलाइयो अमेरिका तपाईँलाई दम्पत्तिसहित सम्बन्धित संस्थाकै पहलमा ! आफ्नो योगदान को कदर हुँदा हर्षित हुनु मानव स्वभाव नै हो ! विभिन्न प्रकृया पुर्‍याएर पुरस्कार थाप्न पुगियो अमेरिका ! भोलि पुरस्कार थाप्ने समारोह छ जहाँ तपाँइलाइ सो राज्यका गभर्नर लगायत वरिष्ठ ब्यक्तिहरुले बधाई दिनेछन्। अनि बोल्न लगाइनेछ तपाईँलाई तर आज साँझ तपाईँको ढाड दुख्न शुरु गर्यो ! नेपालीको मात्र हैन सबैको ढाड दुख्छ ! सामान्य उपचारपछि पनि असैह्य पीडामा कुनै कमि नआएपछि गरिएको परिक्षणमा तपाईँको ढाडको हाड फ्राय्क्चर भयको थाहा हुन्छ,तपाँइ जानसक्नुहुन्न पुरस्कार थाप्न,अनि पठाउनुहुन्छ आप्नो श्रीमतिलाइ मात्र ! र केही दिनमा नै थाहा हुन्छ तपाईँलाई Multiple Myeloma Cancer लागेको छ,जस्लाइ उपचार गरेर तपाँइको आयु २-४ वर्ष लम्ब्याउन सकिन्छ तर निर्मूल पार्न सकिन्न ! तपाईँ जानुभयको थियो आफ्नो जीवनको विशिष्ट पुरस्कार थाप्न अमेरिका। फर्किँदा पुरस्कारसँगै ल्याउनुभयो Multiple Myeloma पनि !
तीस वर्षभन्दा बढी दैनिक योग गर्ने गरेको र आहारविहारमा ध्यान पुर्‍याउने तपाईँलाई कस्तो लाग्ला अचानक Multiple Myeloma Cancer ले गाँजेको थाहा पाँउदा ? जबकि तपाईँ अमेरिका हिँड्दा स्वस्थ,हट्टाकट्टा देखिनुहुन्थ्यो र तपाइसँग त्यस्तो कुनै खासै बिरामी परेको इतिहास पनि थिएन जीवनमा ! कस्तो लाग्ला ! अवश्य पनि म जस्तो एउटा सामान्य मान्छेको निम्ति यो निकै असैह्य हुन्छ ! म रुन,कराउन अनि उफ्रन थाल्छु ! सायद धेरै यसै गर्लान्, केही ज्ञानीहरु छोडेर !
हो त्यहि हो जगदिश घिमिरेको स्थिति ! जगदिश दम्पत्तिलाइ अमेरिकाबाट World Neighbors-America ले पुरस्कृत गरेर बोलायो अनि पुरस्कार थाप्नसमेत उनी,त्यो बिशिष्ठ समारोहसम्मपनि पुग्न सकेनन जुन दम्पत्तिकालागि आयोजना गरियको थियो !
यो त उनको पुरस्कार र रोगको असामयिक संयोगका बारेमा थियो तर ‘अन्तर्मनको यात्रा’ले उनको जिवनका शुरुवाति संघर्षशिल दिनहरुदेखि पहिलो छापामार युद्दको स्वंयमा एक अभ्यास अनि त्यो ह्याङोभरबाट मुक्ति,तामाकोशि सेवा समितिको स्थापना,उनको साहित्य यात्रा,परिवार नियोजन संघ लगायत आइपिपिएफ-लन्डन,सिआरएस प्रोजेक्ट,जाँचबुझ केन्द्र अनि वर्ल्ड नेवर्स अमेरिका का संस्थाहरुमाको सहभागिता अनि पटनाबसाइ,बिपिसँगको सानिध्यता अनि मत बाझाबाझ आदि इत्यादि बिषयहरुका बारेमा लेखेका छन ! अझ रोचक त उनको अर्ध राजनितिकयात्राबाट किन उनि टाढिय ,गिरिजाप्रसाद कोइराला र गणेशमानहरुको कस्तो ब्यवहारले उनलाइ नेपालि कांग्रेससँग बितृष्णा गरायो भन्ने बिषयहरुपनि छन !मलाइ लाग्छ नेपालि साहित्यमा हामिले उनिबाट निकै उत्कृष्ठ कोसेलि पायका छौँ ‘अन्तर्मनको यात्रा’को रुपमा !अर्को सकारात्मक पाटो,लेखाइ निकै मौलिक छ,साहित्यकार हुँ भनेर देखाउनैका निम्ति राखिने ‘क्लिष्ट’शब्दहरुको प्रयोग भयको पाँइदैन


कर्ण शाक्यको ठमेलस्थित काठमाडौ गेष्टहाउसको एउटा कोठामा बसेर मैले अन्तर्मनको यात्रा सकिसक्दासम्म मलाइ खपिसक्नुभयन ! मैले उनलाइ फोन गरेर उनलाइ अति भेट्न चाहेको बताएँ !सायद उनलाइ लाग्यो होला,टाढा आउन मान्छेहरु गार्हो मान्दाहुन भनेर,उनले भने ‘ अलि टाढा छु क्या रे भाइ !’
देश र जनताका लागि नेता नभैकनपनि केहिगरेको ब्यक्ति जसप्रति असिम श्रद्दा अनि हामीले छिट्टै उनलाइ गुमाँउदैछौ भन्ने दुख साथमा थियो,मैले भने ‘तपाँइ हुन्छमात्र भन्नुहोस,म रामेछाप नै भए पनि आउनेछु’
उनि हाँसे अनि चोभारस्थित निवासको लोकेशन दियपछि म भटभटेमा उच्चाटलाग्दो ट्राफिक,धुलो र धुवाँ छल्दै पुगेँ भेट्न एउटा लेखकलाइ,जसले International Planned Parentwood Federation (IPPF)मा कार्यरत हुँदा बेलायतमा आजिवन बस्ने अवसर(धेरैका लागि)लाइ लत्यायर दुइबर्षपछि उहि रामेछाप नै फर्केको थियो ! मन्थलीका माझिहरुका निम्ति तासेसमार्फत केहि गर्ने उद्देश्य बोकेर! रामेछापका पिछडियका जनताहरुका लागि सिचाइ,बिध्यालय र खानेपानिको ब्य्वस्था गरिदिने अनि एउटा राम्रो संस्कारको शुरुवात गर्ने के उनि हाम्रा अर्का महाविर पुन होइनन र ?
म पुग्दा उनि सोफामा बसेर वकिल भोजराज भट्टसँग कुरा गरिरहेका थिय !म पुगेको केहिबेरमा भट्ट चियापान गरेर उनि बिदा भए ! भट्टले ‘अन्तर्मनको यात्रा’का ४५-५० प्रति किनेर बिहा,पुजावारि र अवसरहरुमा उपहारका रुपमा बाँडेका रहेछन !निकै छोयको रहेछ उनलाइ पनि पुस्तकले ! मैतिदेवितिर ‘कानुनी सल्लाह मञ्च’ चलाँउदा रहेछन !राम्रा पुस्तकहरुले नेपाली बजारमा पनि राम्रो स्थान लिन थालेको कुरा त बिगतमा पल्पसा क्याफे,सोच जस्ता पुस्तक बिक्रीले पनि संकेत दिएका थिय,अहिले अन्तरमनको यात्राको चौथो संस्करण प्रकाशित भैरहनुले पनि त्यो सोचलाइ बल पुगेको छ !
मेरो बाहिरि आवरणले प्रायश मान्छेहरुले मप्रति नकारात्मक धारणा बनाँउछन !मुन्द्रामुन्द्रि,दारि र कुकुर बाँध्न मिल्नेजस्ता सिक्रिहरु भिरेर हाफपाइन्ट र टि-सर्टमा सानो पोर्टेबल कम्प्युटर बोकेर हिँडिरहँदा मैले महशुस गरेको छु र मैरो चाहनापनि त्यहि हो मान्छेहरुले वास्ता नगरुन !धेरै चिटिक्कपरेर हिँड्दापनि यहाँ समस्या नै हुन्छ ! जगदिश निवासमा उनिसँग बसेँ तिनघण्टाजति !उनका मिनट-मिनटहरु अब मुल्यवान छन्। किनकि उनी सायद हामीबीच हुने समय कुनै Positive miracle भयनभने २-३ बर्षमात्र होला !
उनीसँग बसेर मैले उनको जीवनको बारेमा,तामाकोशी सेवा समितिले गरेका कामहरु अनि अब के गर्न सकिन्छ भन्ने बिषयमा पनि कुरा भयो ! बिशेषत पिछडियका बालबालिकहरुलाइ कसरि स्कुलसम्म पुर्याउन सकिन्छ भन्नेमा मैले सोधेँ !किनकि मलाइ रुचि भयको बिषय हाम्रा बालबालिकाहरुलाइ कसरि स्कुलसम्म पुर्याउन सकिन्छ भन्ने हो ! यदि आजका सबै बालबालिकाहरुलाइ उचित शिक्षा दिन सकियो भने,भोलिको नेपाल स्वत शिक्षित हुनेछ !
राजनिति,दर्शन,पुस्तक,पारिवारिक लगायत धेरै अनौपचारिक बिषयहरुमा कुरा भय !उनि मसँग बोलिरहँदा मेरो मनमा एउटै प्रश्न थियो ‘शंकास्पद अस्तित्व भयको इश्वरले किन राम्रा मान्छेहरुलाइ नै बोलाउँछ माथि,उसलाइ भन्दा जगदिश घिमिरेको आवस्यकता त रामेछापका ति जनताहरु अनि हामिहरुलाइ छैन र ?’
बाँकि रहेको जिवनको समयलाइ सदुपयोग गर्दै उनले नयाँ उपन्यास लेख्ने योजना सुनाय २००७ सालपछिको राजनितिक परिघटनाहरुमा आधारित !सो उपन्यास लेख्न उनलाइ फ्रान्सेलि क्रान्तिमा आधारित पुस्तक ‘Whisper of the Blade’ चाहियको रहेछ,म त्यो जहाँबाट भयपनि पठाइदिने प्रण गरेर उनकै बारिमा उब्जियको मकै,तरकारि अनि चिया पियर फेरि काठमाडौको धुलोमा छिरेँ ! काठमाडौमा त भेटियन पुस्तक,साँझ आयर Online मा खोजेको भेटियोपनि ! मैले क्यालिफोर्नियामा साथि पुजा लामा लाइ फोन गरेर जसरि भयपनि पुस्तक खोजिदिन आग्रह गरेँ !
जगदिश घिमिरेले तासेसमार्फत रामेछापका पिछडियका जनताहरुका निम्ति गरेको अमुल्य योगदान र साहित्यसेवाका निम्ति उनि हाम्रा धन्यवादका पात्र हुन ! हुनत हाम्रो जस्तो हरेकले राजनिति गर्नैपर्ने समाजमा,समाजका निम्ति वास्तविक रुपमा केहि गर्ने मान्छेहरुलाइ हामिले नचिन्नु,नचिन्न खोज्नु अथवा केहि बिशिष्ठ पुरस्कारपायपछिमात्रै अलिकति चासो दिनु सामान्य नै मानिन्छ ! एउटा अस्ताँउदो लेखक अनि बिकासे कार्यकर्तासँगको त्यो भेट मेरो लागि एउटा अविष्मरणिय भेट थियो !
सायद तपाइहरुमध्ये धेरैले उत्तम शान्ति पुरस्कारद्वारा पुरस्कृत ‘अन्तर्मनको यात्रा’ पढ्नुभयको छ होला,छैन भने एउटा उत्कृष्ट र यथार्थ साहित्यबाट बञ्चित भैरहनुभएको छ !
साभार: मेरोसंसार ।
satelite1983@gmail.com

No comments:

Post a Comment