शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, August 12, 2013

विश्वकप ट्रफी नेपाल ल्याइँदै

विश्वकप ट्रफी नेपाल ल्याइँदै:-
********************
२९ साउन, काठमाण्डौ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ । उक्त ट्रफी पुस ६ गते नेपाल ल्याइपुर्‍याइँदै छ । विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै त्यको दुर्लभ दर्शन पाउे अबसर जुरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफी नेपाल ल्याउने चाँजो मिलाएको हो ।

विश्वविजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन् ।फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप बिजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जनाएको छ । ट्रफी बंगलादेश हुँदै भुटानवाट नेपाल आउने बंगलादेशी न्यूज पोर्टल द डेली स्टार डटनेटले जनाएको छ ।

ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यण्ड लगिनेछ । यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिनेछ । आजको नागरिक दैनिकले समाचार छापेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन् ....
...जय पाथिभरा...जय जय जय !!!

२९ साउन, काठमाण्डौ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ । उक्त ट्रफी पुस ६ गते नेपाल ल्याइपुर्‍याइँदै छ । विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै त्यको दुर्लभ दर्शन पाउने अबसर जुरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफी नेपाल ल्याउने चाँजो मिलाएको हो ।

विश्वविजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन् ।फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप बिजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जनाएको छ । ट्रफी बंगलादेश हुँदै भुटानवाट नेपाल आउने बंगलादेशी न्यूज पोर्टल द डेली स्टार डटनेटले जनाएको छ ।

ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यण्ड लगिनेछ । यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिनेछ । आजको नागरिक दैनिकले समाचार छापेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन् ।

No comments:

Post a Comment