शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, August 19, 2013

वास्तविक जीवन- जो करोडपति पत्रकार, माग्ने भइन्

काठमाडौं, ३ भदौ (एजेन्सी) : यदी तपाइँ भारत मुम्बइस्थित वरसोभाको जेपी सडकमा पैदल यात्रा गर्नु भयो भने देख्न सक्नुहुन्छ; सडकको दुबै छेउ माग्नेहरुले हात फैलाइरहेका हुन्छन् जीवन गुजाराको लागि । 
शारिरीक अंगभंग भएका, सन्तानको माया नपाएकाहरुको छानो विहीन आश्रय हो त्यो सडक । स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म त्यहाँ विभिन्न उपायको सहराले विन्तीभाउ बिसाइरहेका हुन्छन्, एक मुठी प्राण धान्न । 
जेपी सडक गुरुद्वारको सचखन्द दरबार जोड्ने पवित्र सहर हो । तर त्यो पवित्र सडक हुँदै धर्मकर्मको लागि धार्मिक दरबार धाउनेहरुले सडकछेउका असहायहरुलाई लत्याउँदै हिँडिरहेका हुन्छन् ।
त्यही दरबार बाहिर बस्छिन् एउटी बृद्ध महिला । उनको साथी भन्नु एउटा कुकुर छ । १२ वर्ष भयो त्यो कुकुर उनको साथी भएको जसलाई उनी शशि भन्छिन् । त्यो सडक उनको आश्रयस्थल बनेको धेरै भएको छैन, मात्र दुई महिना । त्यस अगाडि उनी एउटा सम्पन्नशाली जीवन बिताउँथिन् । 
नाम उनको नैक । वर्ष ६५ । पाँच वटा भाषा सहजै बोल्न सक्ने । पुने विश्वविद्यालयबाट ग्राजुयट मेरिट । पत्रिकाको सम्पादक सम्म भएकी । 
तर किन उनी त्यहाँ बसिन् ? महल छाडेर सडकको फोहोर, नधोइएका लुगाको साथ कसरी अटुट बनेर रहिरह्यो कसरी ? 
.....
बाबुआमा सानै छँदा खसे । साथी भाइहरुले मन थमाए  । हौसला प्रेरणा दिए । त्यही प्रेरणाकै साथमा उनले पढ्ने हिम्मत गरिन् र ग्राजुयट  गरिन् पुने विश्वविद्यालयबाट । 
अध्ययनको लयमा रहेकी नैक मराठी म्यागेजिन ‘गृहलक्ष्मी’को सम्पादक भइन् । पछि पत्रिका बन्द भयो, सँगै उनको आम्दानी पनि । 
जागिरे जीवनको ताका उनी सम्पन्न थिइन् । ३५ वर्ष अगाडि उनले दुई अपार्टमेन्ट किनिन्, महँगा । रकममै भन्ने हो भने करोडौँको सम्पत्ति थियो । पुनेमा उनको पैतृक ठूलो बंगला छँदै थियो । कहिल्यै सार्वजनिक गाडी चढिनन् । आफ्नै दुई कार फेरि फेरि चढिन् । 
सन् १९८४ मा उनले पुनेको बंगला बेचिन् । पछि कार पनि राखिनन् । घर र कार बेचेको झण्डै एक करोड बैङकमा राखिन् । 
बस्ने अर्को अपार्टमेन्टको लागि पैसा झिक्न बैङक जाँदा खाता रित्तो । कहाँ पुग्यो थाहा भएन । वरसोभामा सस्तो फ्ल्याट पनि मिलेन । गन्तव्य सडक नै बन्यो । 
गुरुद्वारका दयालु र सहयोगी भावना हुनेहरुले पण्डालको व्यवस्था गरिदिए । अहिले उनीहरु नै दुई मुठी खानेकुरा दिन्छन् । 
 .....
बैङकको रकम कसरी हरायो भन्ने बारे नैकलाई जानकारी छैन । तर शका भने छ । पहिले उनीसँगै काम गर्ने कमल रैकार थिए । रैकारलाई उनको बैङक खाता नम्बरबारे केही जानकारी थियो । 
रैकारले नै उनको १५ वर्षसम्म सहयोगीको रुपमा काम गरेका थिए । अहिले उनी कहाँ छन् भन्ने थाहा छैन । भएको एउटा मात्र मोबाइलमा रैकारको नम्बर थियो, पानीमा डुबेर बिग्रीएपछि फोन गर्ने उपाय समेत पनि मेटियो । 
अहिले उनलाई सहयोग गर्छु भन्ने आउने पनि छन् । जागिर दिन्छु भन्नेहरु पनि छन् । तर उनलाई त्यसमा रुची छैन । उनी आफ्ना पुराना सम्पन्नशाली दिनहरु फेरि सुरुवात गर्न चाहन्नन् जसले उनलाई यतिबिघ्न पीडा दियो ।
(एनडीटिभी अनलाइनमा प्रकाशित समाचारबाट अनुदित)

No comments:

Post a Comment