समाचार
एजेन्सी रोयटर्सका अनुसार ९४ जना अवैधानिक आप्रवासीहरुलाई पक्राउ गर्ने
क्रममा बन्द ट्रकभित्र कोचिएर अमेरिका जान लागेका १० जना नेपालीहरुलाई
मेक्सिकोबाट प्रहरीले पक्राउ गरेको छ ।
मेक्सिकोको चियापास राज्यको टक्सट्ला गुटिरेजबाट उनीहरु पक्राउ परेको मेक्सिकोका अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मंगलबार राती सीमा क्षेत्रमा प्रहरीले ट्रकको एक्स रे जाँच गर्दा त्यसभित्र मानिसहरु भएको भेटिएको थियो । ट्रकमा नेपाली र बंगलादेशी बाहेक ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोरका नागरिकहरु समेत थिए ।
अधिकारीहरुका अनुसार उनीहरु ट्रकमा अत्यन्तै अमानवीय तरिकाले कोचिएका थिए । असहज अवस्थामा बन्द ट्रकभित्र कोचिएर यात्रा गर्दा उनीहरुको हात खुट्टामा चोट लागेको र धेरैलाई श्वास प्रश्वासमा समस्या भएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले जनाएको छ ।
केही वर्ष यता बंगलादेश, नेपाल र श्रीलंकाका नागरिकहरु लु्किछिपी अमेरिका जाँदा पक्राउ पर्ने क्रम बढेको छ ।
दलालहरुमार्फत यसरी लुकिछिपी अमेरिका जानेहरुले प्रतिव्यक्ति ८ हजार डलर सम्म तिर्ने गरेको पनि रोयटर्सले जनाएको छ ।
-Himalkhabar.com
मेक्सिकोको चियापास राज्यको टक्सट्ला गुटिरेजबाट उनीहरु पक्राउ परेको मेक्सिकोका अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । मंगलबार राती सीमा क्षेत्रमा प्रहरीले ट्रकको एक्स रे जाँच गर्दा त्यसभित्र मानिसहरु भएको भेटिएको थियो । ट्रकमा नेपाली र बंगलादेशी बाहेक ग्वाटेमाला, होण्डुरस, एल साल्भाडोरका नागरिकहरु समेत थिए ।
अधिकारीहरुका अनुसार उनीहरु ट्रकमा अत्यन्तै अमानवीय तरिकाले कोचिएका थिए । असहज अवस्थामा बन्द ट्रकभित्र कोचिएर यात्रा गर्दा उनीहरुको हात खुट्टामा चोट लागेको र धेरैलाई श्वास प्रश्वासमा समस्या भएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्युटले जनाएको छ ।
केही वर्ष यता बंगलादेश, नेपाल र श्रीलंकाका नागरिकहरु लु्किछिपी अमेरिका जाँदा पक्राउ पर्ने क्रम बढेको छ ।
![]() |
बन्द ट्रकको एक्सरे मेशिनले जाँच गर्दा त्यसभित्र लुकेर अमेरिका जाने प्रयासमा रहेका नेपाली लगायतको एक्सरे तस्बीर । तस्बीर सभार: रोयटर्स |
-Himalkhabar.com
No comments:
Post a Comment