शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 22, 2013

चीनमा भूकम्पबाट ४७ को मृत्यु, ३०० घाइते


बेइजिङ् , साउन ७ गते । दक्षिणपश्चिमी चीनको गन्सु प्रान्तमा सोमबार बिहानै दुई पटकसम्म आएको  शक्तिशाली भूकम्पबाट ४७ व्यक्तिको मृत्यु भएको छ ।
 पहाडी इलाकामा गएको यस भूकम्पको उद्धारकार्य जारी रहेको बताइएको छ । सो भकम्पको धक्काबाट कम्तीमा पनि ३०० जना नराम्ररी घाइते भएका छन् ।
सो भूकम्प  ५.९ र ५.६ को  रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सुरुमा दिएको जानकारी अनुसार सो भूकम्प ५.९  रेक्टर स्केल थियो ।
प्राय भकम्पको जोखिममा रहेको चीनको यस गन्सु प्रान्तमा गएको यस भूकम्पमा परी २१ हजार घर भत्किएका छन् ।
भूकम्पबाट १२ सय घर भत्किएर क्षतिग्रस्त भएको जनाइएको छ । गन्सु प्रान्तको भूकम्प केन्द्रका अधिकारीहरुका अनुसार सो भूकम्पपछि पनि करिब ३७१ पटकसम्म धक्का महसुश गरिएको थियो ।
भूकम्प स्थानीय समयअनुसार सोमबार  विहान  करिव ७ ः४५ बजे गएको जनाइको छ । भकम्पको उद्वारकार्य जारी रहेको बताइएको छ ।
भूकम्प शक्तिशाली भएकोले यसबाट भएको क्षतिपनि धेरै नै अनुमान गरिएको छ । यसको क्षतिको बारेमा सम्पूर्ण समाचार आइसकेको छैन । उक्त प्रभावित क्षेत्रमा ठूलो सङ्ख्याका उद्वारकर्मी पठाइएको बताइएको छ । रासस÷एएफपी
-Gorkhapatra online

No comments:

Post a Comment