शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, May 24, 2013

मुन्नाभाइ कैदी नम्बर १६६५६

मुम्बई- आउँदो ४२ महिनासम्म बलिउड हिरो सञ्जय दत्तलाई कैदी नम्बर १६६५६ का रुपमा चिनिनेछ। पुनेको यारवादा जेलमा उनलाई दिइएको कैदी नम्बर यही हो।
५३ वर्षका हिरोलाई मुम्बईबाट पुनेको जेल लगिएको हो। उनलाई जेलमा वेग्लै कोठामा राखिएको छ। उनलाई अण्डा सेलमा राख्नेल हल्ला भएपनि राखिएको छैन। अण्डा आकारको कैदी राख्ने  घरलाई अण्डा सेल भनिएको हो।
सन् १९९३ मा मुम्बई हमलामा हतियार राखेको मुद्दामा दोषी देखिएपछि उनलाई जेल हालिएको हो। बलिउडका मुन्नाभाइले फिल्ममा धेरैपटक कैदीको पोशाक लगाएका छन्। तर, यसपाला उनले कैदीकै पोशाकमा ४२ महिना पूरा कटाउनुपर्नेछ।
बलिउडमा एउटा फिल्ममा करोडौं लिने सञ्जयले जेलमा परिवारबाट मासिक १५ सय रुपियाँ पाउनेछन् जुन क्यान्टिनका लागि उपयोग हुन्छ। उनले महिनामा एकजना आफन्तसँग २० मिनेट कुराकानी गर्न पाउनेछन्।
Friday 10 Jestha, 2070 | May 24, 2013

No comments:

Post a Comment