शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, January 23, 2013

दैलेखमा सय बढी घाइते, स्थिति अराजक

दैलेखमा एमाओवादीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएपछि एमाओवादी कार्यकर्ता र प्रहरीले कुट्दा विपक्षी दलका सय बढी कार्यकर्ताहरु घाइते भएका छन् ।
स्थानीय काँडेचौरमा आयोजित सभालाई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने क्रममा कालो झण्डा देखाएपछि भिडन्त भएको स्थानीय पत्रकार विष्णु शर्माले जानकारी दिए । “हामी पत्रकारहरु पनि सभास्थल नजिकै सुरक्षित कोठाभित्र छौं, बाहिर निस्कने अवस्था पनि छैन, ६० – ७० जना चौरमै लडेको भन्ने खबर आएको छ,” शर्माले भने ।
एमाओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठले सम्बोधन गर्ने क्रममा विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएपछि झडप शुरु भएको थियो । झडपले केहीबेर विथोलिएको कार्यक्रम पुन: शुरु भएको छ भने अहिले कार्यक्रमस्थलमा बाहिरबाट प्रवेशमा रोक लगाइएको छ ।
समाचार संकलनका लागि गएका पत्रकारहरुलाई एमाओवादी कार्यकर्ताहरुले ‘डेकेन्द्रकै हालत बनाइदिने’ धम्की दिएपछि पत्रकारहरुले पनि एमाओवादीको विरोध गरेका थिए । त्यसपछि पत्रिकामाथि पनि आक्रमण शुरु भएको छ ।
हिमालखबर

No comments:

Post a Comment