-प्रतीक्षा
समाजमा हुने घटना परि-घटना लगायत विकृतिलाई उजागर गर्न काटुन अर्थात् व्यग्य चित्र मार्फत सन्देश र मनोरञ्जन दिने हेतुले खोलिएको पेजमा विभिन्न कार्टुन व्यग्यपरक सन्देशमूलक फोटोहरु पोष्ट हुँदै आइरहेको हो ।
पत्रपत्रिकाहरुमा कार्टुन प्रकाशित हुने चलन लामो समयअघिबाट चलिआएको चलन हो । सामाजिक संजाल आएपछि फेसबुक लगायत अन्यमा विभिन्न नामको पेज, ग्रुप खोलेर संचालन गर्ने एकप्रकारको होडबाजी नै चलेको देखिन्छ।
यस्तै, केही वर्षअघिबाट फेसबुकमा व्यग्य चित्र (तितामीठा, घोचपेच) पेज संचालन गरेर पत्रपत्रिकामा प्रकाशित कार्टुन लगायत समाजमा हुने अन्य विकृतिलाई व्यग्यको रुपमा प्रस्तुत गरेर मनोरञ्जन लगायत सन्देश दिन खोजेको छ । यस्तै गत मे २६ का दिन एउटा कपडा संकलन गर्ने भाँडोको फोटो पोष्ट गरेको उक्त फोटोलाई धेरैले सकारात्मक रुपले लिएको देखियो ।
लगत्तै जुलाई १८ मा पुनः यस्तै फोटोलाई प्रतिनिधि गर्ने अर्को ह्यांगर –याक जस्तो कपडा झुण्ड्याएर राख्ने खालको जुन भारतको गुजरात, गान्धी नगर छेउमा राखिएको फोटोलाई पोष्ट गर्दै लेखे
"घरघरको पुराना लुगाहरु मन्दिरमा बस्ने माग्नेहरुलाई दिंदा नलगाएर यत्रतत्र फालेको देखिन्छ । बरु, आफ्नो पुराना लुगा, जुत्ता लगेर यसरी राखिदिने हो भने आवश्यक हुनेले लिएर जान्छन् ।" यो फोटोलाई हेरेर फेसबुक ग्रुपकै युवाहरुको एक समूह 'हन्ड्रेड ग्रुप' ले हेरेर फोटोकै जस्तै ह्यांगर –याक बनाएर एउटा नयाँ सामाजिक कार्यको थालनी गरेका छन् ।
काठमाडौँको अनामनगरमा राखिएको उक्त ह्यांगरमा लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल जोसुकैले र्याकमा छोडेर जान सक्छन् । भने अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लिएर जान सक्छन् । चाँडै नै अब काठमाडौंका विभिन्न ठाउँ रत्नपार्क, नयाँ बसपार्क, चाबिहेल र कोटेश्वरमा पनि नवजीवन परोपकार समाज बाट हुनेछ भनेर सो संस्थाका अध्यक्ष तथा समाजसेवी दुर्गानाथ दाहालले जानकारी दिएका छन् ।
जुन समूहले यो कार्य थालनी गरेको छन्, थालनी गर्नु मात्र होइन यसलाई निरन्तरता दिई विस्तार गरेर नेपालको धेरै स्थानहरुमा पु-याउन सकोस् राम्रो कार्यको लागि धन्यवादका पात्र हुन्- १०० ग्रुप ।
भिडियो

No comments:
Post a Comment