शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, January 7, 2018

नेपाल भाषाको गीतमा इन्दुको शसक्त अभिनय र नृत्य (भिडियो गीत सहित)


-प्रतीक्षा श्रेष्ठ
भनिन्छकलासाहित्य र संगीतको कुनै जातधर्मवर्ण हुँदैन । कला सबैमा हुन्छ । कसैसँग अभिनय गर्ने कला होला कसैसँग नाँच्ने,  कसैसँग गाउने  कसैसँग लेख्ने । प्रकृतिले हरेकलाई कलाकार बनाएकी हुन्छिन् तरसबै कलाकारका रुपमा भने बाहिर उजागर हुन पाउँदैन । हरेकसँग हरेक कला हुन्छ, त्यसलाई निरन्तर साधनाको अभावमा त्यसै मर्दछन् । आफूमा भएको सामान्य कलालाई निरन्तर साधनाबाट उत्कृष्ट बनाउन सक्नु क्षमता हो । यस्तो क्षमता भने कमैसँग हुन्छ । त्यस्तै कम अर्थात् गणना गर्न सकिने नेपाली नृत्य र अभिनय क्षेत्रका प्रतिभाशाली व्यक्तित्व हुन्- इन्दु शाही ।

छोटो समयमै स्टेज प्रोग्रामहरुमा नेवारी, नेपाली लगायत विभिन्न भाषाभाषीको गीतहरुमा नृत्य गरेर कला क्षेत्रमा वाहवाही बटुलिसकेकी इन्दु शाहीले केही सन्देशमूलक सर्ट मूभिहरुमा समेत अभिनय गरिसकेकी छिन् । कला क्षेत्रलाई पेशाको रुपमा लैजानेक्रममा हालै म्यूजिक नेपालमा रेकर्ड भएको चन्द्रदेवी शाक्यको शब्द र संगीत तथा भुपेन शाक्य र चन्द्रदेवी शाक्यको स्वरमा रहेको नेपाल भाषाको ‘‘केंलेहे नं मिखां स्वयाः (छड्ने नजरले हेरेर मेरो मुटुमा आउने तिमी नै होइन र ?) बोलको गीति भिडियोको छायाँकनमा कलाकार इन्दु शाहीको मुख्य भूमिका रहेको छ । भन्नैपर्दा गीति भिडियोमा पहिलो अभिनय भए पनि शसक्त अभिनय र नृत्य गरेकिछिन् । इन्दुको कलाकारिता यसमा बहुमूखी प्रतिभाका रुपमा देखा परेका छन् ।

प्रस्तुत गीतको छायाँकन र सम्पादन शिरोम थापाश्रृंगार प्रीति महर्जनअभिनयमा इन्दु शाहीलाई साथ दिने सनिस डंगोलले गरेका छन् भने गीतको निर्देशन उमा ताम्राकारले गरेका छन् ।

म्यूजिक नेपाल प्रालि. ले उत्पादन गरेको उक्त गीतलाई युट्यूब मार्फत् हालै सार्वजनिक गरेको छ ।

No comments:

Post a Comment