शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, July 7, 2015

हट गर्ल सालुको कुल गीत आउने तर्खरमा

-प्रतीक्षा

बेली डान्सर, हट मोडल सालुलाई आजभोलि भ्याइनभ्याई छ देशको कुनाकाप्चामा हुने विभिन्न सांगीतिक र सास्कृतिक कार्यक्रममा सहभागि गर्न आयोजकहरुको चाहना बढ्दो छ । नेपाली दर्शकहरुको बेली डान्स हेर्ने चाहनालाई पुरा गर्न प्रत्येक हप्ता जसो कहिं न कहिं सहभागिता जनाएकै हुन्छ । नेपाली दर्शकले उनलाई नेपालकै हट मोडेलको रुपमा चिन्छन् । 

तनहुँमा जन्मेका र पोर्चुगलमा कर्मभूमि बनाउँदै आएकी सालु गौतम एक सफल मोडलको रुपमा प्रसिद्धि कमाएकी उनी बेली डान्सर हुन् भने मोडल, कोरियोग्राफर, डान्सर, अभिनय, साहित्य आदि विधामा पोख्त छिन् । भन्नुपर्दा उनी वहुप्रतिभाशाली कलाकार हुन् भन्नुमा कन्जुस्याईं गर्नु नपर्ला ।

गायन क्षेत्रमा पनि पाइला चालेकी सालु गौतमले गत वर्षमात्र आफ्नै शब्द, सङ्गीत र स्वरमा एउटा "लौ हेर म नाच्छु कसरी, आउ सिक रमाउन यसरी, तिमी हेर म नाचेँ कसरी भाँचे है कम्मर यसरी ।"  गीतमा स्वरवर्द्ध गरिसकेका छन् ।

कामलाई नै भगवान ठान्ने सालुले आज नारीप्रधान गीत अर्थात् तीजको गीत आफ्नै शब्दलाई स्वर दिएकी छिन् । अनामनगरस्थित अलाप स्टुडियोमा रेकर्ड भएको सो गीतको संगीत गयिका स्वंयमको रहेको छ भने एरेन्जर रिकेश गुरुङले गरेका छन् । छिट्टै छाँयाकंन गरेर नेपाली दर्शक र श्रोतामाझ पस्किने बताएकि हट गर्ल सालुको कुल गीतको शब्द यस्तो छ:

यसपाली तीजमा मैले नि गीत गाएँ
छोटो लुगा फालेर रातो साडी लर्काएँ,
जे भनेनि भन नाच्ने हो छमछमी
बारुली कम्मर भाँचे हो फनफनी ।


निकट भविष्यमा नेपाली सांगीतिक क्षेत्रमा सालु गौतमको गीतमा भनेझैं छोटो लुगा फालेर साडी र गुन्यूचोलोमा बारुली कम्मर मर्काउँदै छमछमी नाचेर यसपालीको तीजमा गाउँघर, शहरका चेलीबेटीहरुलाई तीजको उपहार स्वरुप प्रस्तुत हुने भएकि छिन्, अग्रिम सफलताको कामना गर्दछु ।

No comments:

Post a Comment