शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, July 6, 2015

एक खुट्टाले नाच्ने कलाकार न्यौपाने ठगीको आरोपमा परिन प्रहरी खोरमा




एक खुट्टाले नाचेर सयौंको वाही वाही कमाएकी रोमा  न्यौपाने प्रहरी खोरमा परेकी छन् । आज बिहानै सोह्रखुट्टे प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं प्रहरी कार्यालय बुझाएको छ । उनले आफ्ना पती चिरन शर्मा (पोखरेल) लाई प्रयोग गरेर करोडौं ठगेको आरोप लागेको थियो । ठगिएकाहरुले दिएको लिखित जाहेरीका आधारमा राष्ट्र बैंकलाई ठगेको आरोपपनि लागेको छ । उनीहरुले भ्याड नेपाललाई एनजिओका रुपमा दर्ता गरेका छन् । तर यो एनजिओको नाममा लघुबित्त कार्यक्रम भन्दै बैकिङको कारोबार गर्दै आएका थिए । लघुबित्तका रुपमा आर्थिक कारोबार गर्दा नेपाल राष्ट्र बैंकबाट कुनै इजाजत लिएनन् । त्यसो गर्दा कर तिनु परेन । त्यही ठगीका आधारमापनि उनी पक्राउ परेकी हुन् ।
प्रहरीले पक्राउ गर्दा रोमा न्यौपानेले मैले पैसा लिएको छैनभन्दै बच्न खोजेकी थिईन । तर प्रहरीले उनलाई ब्यक्तिबाट नलिएपनि तपाईंले भ्याड नेपाल भन्ने संस्था खोलेर दर्तानै नगरि त्यही संस्थाको नाममा रकम असुल्ने गर्नु भएको रहेछ नी तभन्दै लगेको थियो ।
युवा तथा खेलकूद मन्त्रालयले गत वर्षभरि उत्क्रिष्ठ काम गरेको भन्दै ३७ जनाको नाम सार्वजनिक गरेको थियो । ति ३७ जनामध्ये पुरस्कृत हुने युवाको छनौटमा यि रोमा न्यौपानेपनि थिईन । मन्त्रालयले आजै उनलाई पुरस्कार दिने कार्यक्रम घोषणा गरेको थियो । तर पुरस्कार थाप्न नपाउँदै उनलाई आजै प्रहरीले पक्राउ गर्‍यो ।
लामो समयदेखी रोमा न्यौपानेले पती चिरन शर्माको नाममा अबैध कारोबार गर्दै आएकी थिईन । भ्याड नेपाल मेरो होइन भन्ने तर आफ्नो लोकप्रियतालाई प्रयोग गरेर समर्थक र शुभचिन्तकहरुलाई भ्याड नेपालले गरेको रेस्टुरा ब्यवसाय, ट्राभल एजेन्सी र लघु बैंकिङमा लगानी गर्न लोभ्याउने गर्दै आएकी थिईन ।

ठमेलको काठमाडौं गेस्ट हाउस नजिकै रहेको डच होम गेस्ट हाउसपनि भाडामा लिएरहाम्रै हो यो होटेलभन्दै केही ब्यक्तिसित रकम उठाई साझेदार बनाएरपनि ठगेका थिए न्यौपानेको टोलीले । त्यसैगरि उनीहरुले पूर्वी तराईमा ट्राभल एजेन्सी खोल्ने अनुमती लिएर कारोबार भने काठमाडौंबाट गर्ने र त्यसमा साझेदारी गर्न लगाएर रकम हात पार्दै आएका थिए । भ्याड लघुबित्त कार्यक्रम खोलेर रकम जम्मा गर्नेहरुलाई पासबुक दिने तर चेक नदिने, त्यो माग्दा झुलाउने र अझ दबाब दिए प्रहरी लगाएर थुन्छु, गुण्डा लगाएर कुट्छु भन्दै धम्काउने गरेका थिए ।
पिडितहरुले जाहेरी दिएपछि पक्राउ हुनबाट बच्न उनीहरुले दलका नेता र प्राहरी स्रोतलाइपनी प्रभाव पार्न खोजेका थिए । आफ्ना कमजोरीहरु  लुकाउन उनीहरुले न्युज अभियन डट कम चलाऊँदै आएका थिए ।
(यो फोटो न्युज अभियानको फेसबूकबाट लिएको हो) 
त्यसमा केही दिन अघिमात्रै काठमाडौं  काठमाडौं प्राहरी पेरिसरका एस एस पी उत्तम कुमार कार्कीको अन्तर्वाता लिएका थिए ।
(‘एक खुट्टे कलाकारभन्ने शब्दमा केही पाठकले आपत्ती मानेकाले प्रकाशइत भएको केही घण्टापछि  शिर्षक सच्याइएको-नेपालअप्लस )
उनीहरुके के कसरी, ककसलाई ठगी गरे ? त्यो सबै बुझ्न मुनीका लिंकमा क्लिक गर्नुस् ।

No comments:

Post a Comment