शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, May 28, 2013

निशालाई चुरोट मन पर्दैन......

पछिल्लो पुस्ताकी आशलाग्दी नायिकामा निशा अधिकारी नै अग्रपंक्तीमा आउने गरेको छ । उनको हाउभाउ र व्यवहारमा अरु नायिकाको तुलनामा बेग्लेै दम रहेको पनि सिने–समिक्षकहरुको टिप्पणी रहेको छ । त्यसमाथि, अघिल्लो बर्ष हलिउडमा समेत फिल्म डाइरेक्सन कोर्शमा ग्राजुयेट गरेर आउने पहिलो नेपाली नायिका भएकोले पनि उनीप्रति हेर्ने दृष्टिकोण पनि अलि फरक भएको हो । उनीवाट नेपाली फिल्म क्षेत्रले धेरै नै आशा गरेको पनि पाइएको छ ।
हलिउडवाट फर्केको लगतै फिल्म डारेक्सनमा उनी लाग्ने पो हुन कि भनेर आशंका गरेतपानि हाललाई अभिनयमा नै आफूलाई थांती राखेकी उनको सेलुलाइड फिल्ममा पहिलो मिसन पैसा हो भने, टेलिफिल्ममा संस्कार हो । दुवैमा पहिलो पल्ट नै चुरोट खानुपर्ने दृश्य दिनु पर्दा प्रारम्भमा निराश समेत वनेकी थिइन् ।
लामो भागको सिरियल संस्कारमा बढी चुरोट खानु पर्ने दृश्य भएकैले मैले उक्त सिरियल वीचवाटै छोडे्की हुंँ भनेर खुलासा गर्ने उनी चुरोट खानु स्वास्थ्यको लागि हानिकारक हो भन्छिन् । त्यसमाथि, कुनैपनि सेलीब्र्रेटीले फिल्मको पर्दामा चुरोट खानु त अझ हानिकारक हुने तर्क दिदै उनले भनेकी छन्–“फलाना हिरोइनले त फलाना फिल्ममा चुरोट खाएको गजवै देखिएको छ । हामीले मात्र किन खान नहुने भनेर सिको गर्ने धेरै हुने गर्दछ । त्यसकारण हामीले यस कुरामा त अझ होश पु¥याउनै पर्दछ । यो हाम्रो सामाजिक उतरदायित्व पनि त हो ।”
, टेलिसिरियल संस्कारमा धेरै चुरोट खाएको दृश्य आउंदा उनलाई उनकी नर्स आमाले बेस्सरी गाली गरेको र अभिनयको पाटोलाई छाड्न दवाव आएको त्यो दिन उनले हालसम्म विर्सेकी छैनन् । त्यसैले पनि उनलाई चुरोट प्रति निक्कै घृणा रहेको पनि वताएकी छन् । त्यसपछिका फिल्महरु नैना–रेशम, फस्ट–लव, धँुवा–नशाको, सुनगाभा, पद्मिनी लगायतमा त्यस्ता दृश्य दिनु नपरेको र फरक फिल्ममा फरक रोल गर्न पाएकोमा उनी दंग परेकी छन् ।

–श्याम स्मृत

No comments:

Post a Comment