शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, January 1, 2013

‘राजतन्त्र चाहिन्छ भन्ने नसोच्नुहोला’ -पूर्वयुवराज पारस शाह

January 02nd, 2013


पूर्वयुवराज पारस शाह हाल थाइल्यान्डमा एकल जीवन
बिताउँदै आएका छन्। राजतन्त्रको समाप्तिपछि शाहको
जीवनमा विभिन्न उतारचढावहरू आए। नेपालमा आफ्नो
कुनै भविष्य नदेखेपछि सिंगापुर पुगेका पारस शाह त्यहाँ
पनि विभिन्न काण्डको सामनागर्नुपरेपछि थाइल्यान्डतर्फ
हानिएका थिए। उनको थाइल्यान्ड
बसाइ पनि त्यति सुखद रहन सकेन। उनले घर–परिवारभन्दा
टाढा हुँदै थाइल्यान्ड बस्ने क्रममा विभिन्न झन्झटका अतिरिक्त
आरोपहरू पनि खेप्नुपरेको छ।

थाई अदालतले लागू औषध सेवन गरेको आरोपमा शाहलाई
सुधार गृहमा राख्ने आदेशसमेत दिएको थियो भने नेपालका
पूर्वयुवराज भएका कारण पैसा हत्याउने उद्देश्यले उनीमाथि
विभिन्न अभियोग लगाउने क्रम अहिले पनि जारी छ।
उनीमाथि थाई ग्याङस्टार र थाई प्रहरीले दु-ख दिने काम
अहिले पनि गरिरहेको छ। नेपालका पूर्वयुवराज पारसमाथि
विभिन्न प्रकारका आरोप र उनको ज्यानसमेत खतरामा
परेपछि थाइल्यान्डमा रहेका नेपालीहरूले उनको सुरक्षा गर्ने
काम पनि गर्दै आएका छन्।

घर–परिवारप्रति बेवास्ता गर्दै आएका पारसले आफ्नो ज्यान
खतरामा परेको भन्दै बैंककस्थित नेपाली दूतावासमा आफ्नो
सुरक्षाको माग गर्दै निवेदनसमेत दिएका थिए।

बैंककको पतुनामस्थित एक अपार्टमेन्टमा नेपालीहरूको
रेखदेखमा रहँदै आएका पारसले यही आइतबार आफ्नो
४१औं जन्मोत्सवसमेत मनाए। थाइल्यान्डमा बस्दै
आएका सीमित नेपालीसँग आफ्नो जन्मोत्सव मनाएका
शाहसँग गैरआवासीय नेपाली संघ थाइल्यान्डका कार्यकारी
सदस्य पुष्पराज सुवेदीको सहयोगमा नेपाल
समाचारपत्रका दीपक रिजालले गरेको छोटो कुराकानी

थाइल्यान्डको बसाइ रोज्नुको मुख्य कारण के होला ?
नेपालमा राजतन्त्रको समाप्तिपछि नेपालमा आफ्नो बसाइ
सुरक्षित नभएको र यहाँ (थाइल्यान्ड) मा राजतन्त्र जीवित
भएका कारण यहाँ बस्ने निधो गरेर आएको हुँ । यहाँको
बसाइलाई मैले निरन्तरता दिन खोजेको पनि छु ।

थाइल्यान्डमा रहेका गैरआवासीय नेपालीहरुको कत्तिको
सहयोग पाउनुभएको छ र उनीहरुसँगको सम्बन्ध कस्तो
छ ?

यहां रहेका नेपालीहरुबाट मैले ठूलो सहयोगसमेत पाएको
छु । विशेष गरेर थाइल्यान्डमा रहेका गैरआवासीय
नेपालीहरुप्रति मेरो घनिष्टता पनि छ । मैले एनआरएनको
दोस्रो ग्लोबल सम्मेलनको उद्घाटन गर्ने मौकासमेत पाएको
थिएँ । त्यही कारणले यहाँ रहेका नेपालीहरुलाई मैले
सम्झने गरेको हुँ ।
अहिले थाइल्यान्डमा रहेका एनआरएनमाथि मेरो विश्वाससमेत
बढेको छ ।

तपाईंलाई थाइल्यान्डमा गैरकानुनी काम गरेको उजुरी पनि
परेको छ नि ?

अहिले ममाथि जुन आरोप लगाइएको छ, त्यो सबै सुनियोजित
षड्यन्त्र हो । अहिले मलाई मात्र होइन यस्तो षड्यन्त्र अरू
धेरैमाथि भइरहेको छ । ममाथि जुन आरोप लागेको छ त्यो
मलाई बद्नाम गराउने उद्देश्यले निहित भएको मैले बुझेको छु ।
उक्त आरोप सामान्य आरोप मात्रै हो तर विडम्बना मलाई
सबैले चिनेजानेको भएका कारण ममाथि
लागेको आरोपलाई जटिल बनाइएको हो ।

नेपालको वर्तमान परिस्थितिलाई कसरी मूल्याङ्कन
गर्नुभएको छ ?

नेपाल अहिले बेथितितर्फ गएको छ । त्यसकारण नेपालमा
तत्कालै सर्वमान्य नेतृत्वको आवश्यकता मैले महसुस
गरेको छु । मुलुकलाई अहिले राष्ट्रभक्त र रास्ट्रवादी
नेतृत्वको आवश्यकता छ । तर मोनार्की (राजतन्त्र)
चाहिन्छ भन्ने चाहिं होइन ।
त्यो नसोच्नुहोला ।

संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई के
सन्देश दिनुहुन्छ ?

संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई
नेपाल फर्कन आग्रह गर्दछु । उनीहरु जान तयार छन्
भने म आफू पनि सँगै जाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
-Samacharpatra Daily

No comments:

Post a Comment