शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Wednesday, November 14, 2018

मेक्सिकोमा कुकुर तिहार

 
तिहारमा कुकुर पूजा गर्ने नेपाली परम्परालाई मेक्सिकोले सन् २०१६ देखि पछ्याउन शुरु गरेको हो। मेक्सिकोका पशुअधिकार समूहहरूको संयुक्त प्रयासमा राजधानी मेक्सिको सिटीमा यस वर्ष पनि कुकुर तिहार मनाइएको छ।

गत साता नेपालमा कुकुर तिहार मनाइएपछि मेक्सिको सिटीका नागरिकहरूले रिभोल्युसन स्क्वायर र पुअर्तो भयार्तामा आफ्ना कुकुर ल्याएर माला र अबिर लगाइदिए, नेपालमा जस्तै।

पशुहरूलाई सम्मान गरिने नेपाली परम्पराबाटै प्रेरित भएर सन् २०१६ देखि मेक्सिकोमा पनि यो पर्व मनाउन थालिएको आयोजकमध्ये एक एन्टिमियो माया बताउँछन् । मेक्सिकोमा पनि कुकुर तिहार नै भनिएको यो पर्वले मेक्सिकोमा विस्तारै लोकप्रियता हासिल गरिरहेको छ।
यो वर्ष पनि मेक्सिकोवासीहरुले आ-आफ्नो कुकुरलाई मेक्सिकोको रिभोल्युसन स्क्वायर र पुअर्तो भयार्तामा भेला गरेर कुकुर तिहार भव्यताका साथ मनाइयो ।


No comments:

Post a Comment