शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Monday, October 1, 2018

इन्दु अभिनित 'हिसि दुगु छंगु' गीत यूट्युबमा सार्वजनिक (भिडियो सहित)


प्रतीक्षा श्रेष्ठ
कला क्षेत्रमा संघर्षरत नृत्यांगना तथा मोडल इन्दु शाहीले पछिल्लो पल्ट एउटा नेवारी (नेपाल भाषा) गीतको शीर्ष भूमिकामा अभिनय गरेकि छिन् ।

'हिसि दुगु छंगु ख्वालय् मोहनी तया बिइलाः'

बोलको गीतको शब्द रचना पवन जोशीको गरेको हो भने संगीत दिएका छन् अनिल तुलाधरले । यस गीतमा स्वर कृष्ण महर्जन र रोजी श्रेष्ठ डंगोलले दिएका छन् । यहि गीतको छायांकनको लागि ज्यापूनी भेषभूषामा सजिएर तयारी अवस्थामा छिन् इन्दु शाही, उनलाई शुशील श्रेष्ठले साथ दिएका छन् । दुई मोडेललाई नृत्य र अभियन सिकाउने कार्य अनु महर्जनले जिम्मा लिएका छन् भने अनुहारमा लितपोत गर्ने अर्थात् श्रृंगारको जिम्मा ब्यूटिसियन उमिसा पाण्डेले लिएका छन् ।


उक्त गीतको छायांकनको लागि क्यामेरा बोकेका छन् राजेश श्रेष्ठले भने गीतको निर्देशन गीतकार पवन जोशी स्वंयले जिम्मा लिएका छन् । काठमाडौँको स्वयंभू र कीर्तिपूरको विभिन्न रमणिय मठमन्दिरहरुका छायांकन गरेको उक्तको भिडियो आजै यूट्युब मार्फत् सार्वजनिक गरेको छ । आशा गरौं यो गीत नेपालभाषाको गीतसंगीत क्षेत्रमा आम नेवार समाजमा मनपराइने छ ।

भिडियो

No comments:

Post a Comment