शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Thursday, April 3, 2014

अब सामूहिक आत्मदाह गर्छौ: आन्दोलनरत बृद्धबृद्धा


old 3old (2) काठमाडौं, चैत २० – यिनीहरु कुनै राजनीतिक दलका कार्यकर्ता होइनन् । युवा विद्यार्थी झैं आफ्नो माग बन्द हड्तालमा जुट्न सक्दैनन् न त कुनै सरकारी गाडी तोड्फोड नै गर्न सक्छन् । सक्ने भनेको शान्तिपूर्ण धर्ना दिने र हातमा प्लेकार्ड बोक्ने मात्र हो । गत १४ महिनादेखि जेष्ठ नागरिकहरु आफ्ना विभिन्न मागसहित नियमित आन्दोनलमा छन् । तर, पनि सरकारले कुनै कुरा नसुनेपछि अहिले दर्जनौ बृद्धबृद्धाहरु मिनभवनमा आत्मदाहको तयारी गरिरहेका छन् । नेपाली राजनीतिक दलका विभिन्न नेताहरुले आफूहरुको माग सम्बोधन गराउने भन्दै आएपनि हालसम्म कुनै माग पूरा नभएको कारण आत्मदाहभन्दा अर्को विकल्प नरहेको संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी गराए । विभिन्न माग राखी ६० वर्ष कटेका वृद्धवृद्धाहरुले २०६९ फागुन २४ गतेदेखि लगातार आन्दोलन गर्दै आएका छन् । के जाडो, के गर्मी, के वर्षा हरेक मौसममा उनीहरु रुझ्दै, भिज्दै र धुलो धुँवाको बीचमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् तर सरकारले पटक–पटक वार्तामा बोलाएर आश्वासन मात्र दिएका छन्, त्यसलाई कार्यान्वयन गरेका छैनन् । चौध महिनाको अवधिमा आन्दोलनकै क्रममा पाँचजना जेष्ठ नागरिकको मृत्यु पनि भइसकेका छन् । ‘माग पूरा हुन्छ भन्ने आशमा आन्दोलनमा लागेका धेरैको मागनै पूरा नभई मृत्यु भइसक्यो तैपनि सरकारले हाम्रो माग सुनेन,’ अध्यक्ष पराजुलीले अगाडि भने, ‘हाम्रो जीवनको अर्थ छैन भने मर्नुको विकल्प पनि हामीसँग छैन ।’ आन्दोलनकारीमध्येका रामु पोखरेल, नरवहादुर खाँड, प्रेमहरि आमात्य, लालबहादुर खत्री र वासुदेव लम्सालको मृत्यू भइसकेको छ । ६० वर्ष पुगेका वृद्धवृद्धालाई मासिक तीनहजार भत्ता दिनुपर्ने, यातायातमा ५० प्रतिशत छुट हुनुपर्ने, प्रत्येक अस्पतालमा स्वास्थ्य उपचारका लागि ५० प्रतिशत छुट दिनुको साथै पाँच वेडसम्म निःशुल्क हुनुपर्ने, ज्येष्ट नागरिक सम्बन्धि ऐन २०६३ लाई लागु गर्न लगायतका मागहरु राखी बृद्धवृद्धाहरु आन्दोनलरत छन् । ती वृद्धवृद्धाको दिनचार्या नै भएको छ कि आ–आफ्नो घरमा रुखासुख्खा खाने अनि १० वजे आन्दोलनस्थलमा पुग्ने । त्यहाँ पुगेपछि कसैले कसैको बाटो पर्खेर बस्दैन । जो पहिला पुगेका हुन्छन् उनले त्यहाँ सफासुग्धर गर्नुको साथै ओछ्यान लगाउनु, पाल टाग्नु, माइक मिलाउनु र रजिष्टर मिलाउने, ब्यानर झुण्ड्याउने लगायतका कामहरु गर्छन् । आन्दोनकारीहरुको क्रियाकलाप हेर्दा उनीहरु एउटा परिवार भइसकेका छन् । एक अर्कालाई यो एकवर्षमा राम्रोसँग बुझिसकेका छन्, त्यसैले उनीहरुलाई आत्मदाह गर्न पनि समस्या नहुने एक आन्दोलनकारी बताउँछन् । अध्यक्ष तिमिल्सिनाले भने, ‘हामी त यस्तै डाडाँपारीको घाम भइसकेका छांै, आज वा भोली त्यतिकै मर्छौं । त्यतिकै मर्नुभन्दा केही गरेर मरौं भन्ने थियो । तर अब अपहेलित भएर बाँच्नु भन्दा सामूहिक मृत्यु मर्छौं ।’ ‘२० गतेसम्म सरकारको प्रतिक्षा गर्छौ भएन भने एकचरणमा पाँचजनाले आत्मदाह गर्छौं त्यसपछि पुनः अर्कोचरणमा पाँच पाँचजना गरी हामी सबैजना यहीँ मृत्युलाई स्वीकार गर्छौं तर घर फर्केर जाँदैनौ,’ नयेन्द्रबहादुर खड्काले आँसु झार्दै रातापाटीसँग भने । ८२ वर्षीया भक्तबहादुर वस्नेतले कुनै नेताको टाउको दुख्यो भने सरकारी ढुकुटीबाट करोडौं रुपियाँ निकासा गरेर उपचारका लागि विदेश जान्छन् तर आफू वृद्धवृद्धाहरुलाई दैनिक सय रुपियाँ दिन किन आनाकानी गरिरहेका छन् बुझ्न नसकेको दुखेसो पोखे । उनले पनि आफूहरुको आन्दोलन अब धेरै लम्बिने छैन माग पूरा भएन भने आफूहरु यही आफूलाई अन्त्य गर्ने बताए । बानेश्वर बस्ने ७१ वर्षीया शिवप्रसाद पौडेलले भने, ‘ज्येष्ठ नागरिक भएपछि केही पाइएला कि भनेर एकवर्षदेखि आन्दोलन गर्दै आयौं, छोरा छोरीले आन्दोलन नगर्नु पनि भने तर आफूले केही पाइएला भनेर आन्दोलनमा उत्रे अब केही प्राप्त भएन भनेर छोरा छोरीलाई कसरी मुख देखाउन जाने त्यसैले यही आन्दोलनस्थलमै आफूलाई जलाउने आफूहरुको तयारी रहेको बताए । आत्मदाह कहिले र त्यसमा क–कसले भाग लिने कुरा उनीहरुले खुलाउन चाहेनन् ।’ चुनावअघि नेताहरु आन्दोलनस्थलमै आएर गीताको कसम खाएर हामीलाई सहयोग गर्नुस् हामी जितेर आएपछि त्यसको भोलीपल्ट नै तपाईहरुको समस्या समाधान हुने बचन दिएर गएको पनि चार महिनाभन्दा बढी भइसक्यो तर ती नेताहरु फर्केर आएका छैनन् भन्दै अध्यक्ष पराजुलीले उनीहरु हाम्रा लागि मृत भइसकेका छन् तिनिहरुको क्रियाक्रम पनि गरिसकेका छौ, आज २० गते तेह्रो दिन हुनेछ र त्यो दिन सिहदरवारको अगाडि गएर धर्ना बस्ने बताए । आन्दोलनकारीहरु सेता कपडाको टुक्रा आ–आफ्नो टाउनको बाँधेर आन्दोलनमा बस्न थालेका छन् । आन्दोलनको शुरुवात उनीहरु शंख बजाएर गरेका छन् । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरी बास्कोटाले उनीहरुको माग पूरा हुने बताए । सरकार बृद्धवृद्धाको आन्दोलनप्रति गम्भिर छन् छलफल जारी छ, उनीहरुको माग सम्बोधन हुने प्रतिबद्धता जनाए । - राताोपाटीडटकम

No comments:

Post a Comment