शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Tuesday, June 25, 2013

अन्तर्राष्ट्रिय न्यायलयमा बुद्धको मूर्ती प्रतिस्थापना

-पुष्प बरुवाल/नेदरल्यान्डस

नेदरल्यान्डसको हेग (देन हाग) स्थित अन्तर्राष्ट्रिय न्यायलय भवनमा शान्तिका दूत गौतम वुद्धको मुर्ती राख्ने काम हिजो सम्पन्न भयो । पिस प्यालेशका नामले परिचित यस भवनमा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने सन्देश कोरिएको करिब २ दशमलव ५ फिट उचाईको उक्त नेपाली दूतावास बेनेलक्स र गैर-आवासीय नेपाली संघको सहयोगमा राखिएको हो ।

सहकर्मी मित्र सन्तोष न्यौपाने र डिपि शाहका अनुसार बुद्धको उक्त मूर्ती प्रतिस्थापनका अवसरमा बेनेलक्स (बेल्जियम, नेदरल्यान्डस र लक्जम्बर्ग)का लागि नेपाली राजदूत महामहिम राममणि पोखरेल, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछाने, उक्त संस्थाका संस्थापक अध्यक्ष उपेन्द्र महतो, इन्टरनेशनल क्रिमिनल कोर्ट अफ जष्टिस्का रजिष्टार फिलिप डि कोभरिअर, कपिलवस्तु अभियान युरोपका सल्लाहाकार दामोदर आचार्य, संयोजक सुरेन्द्र श्रेष्ठ, एनआरएन युरोप संयोजक कुमार पन्त, एनआरएन नेदरल्यान्डसका अध्यक्ष नारायण आचार्य, एनआरएन बेल्जियमका अध्यक्ष जानकी गुरुङ लगायत बिभिन्न मिडियाका पत्रकारहरु र नेदरल्यान्डस तथा अन्य मूलुकहरुबाट आउनुभएका नेपाली समूदायको समेत उपस्थिति रहेको थियो ।

भारतका महात्मा गान्धी, जबहरलाल नेहरु, दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाका प्रतिमासहित विश्वका अधिकांश देशले दिएका उपहारहरु समेत रहेको र वर्षौनी लाखौंको संख्यामा पर्यटकहरु आउने अन्तर्राष्ट्रिय न्यायलयको यस भवनमा बुद्ध नेपालमा जन्मिएको सन्देश सहितको बुद्धको मूर्ति स्थापना हुनुले बुद्धको जन्मका बारेमा स्पष्टता आउने विष्लेशकहरु बताउछन।
(तस्विर: पत्रकार सन्तोष न्यौपाने/उज्यालो)

No comments:

Post a Comment