
प्रत्येकले विवाह पहिले आˆनो सपनाको राजकुमार, राजकुमारी खोजिसकेका हुन्छन् । तीमध्ये कसैको विवाहभन्दा पहिले आˆनो प्रेमी प्रेमिकासमेत हुन्छन् । यस्तो अवस्थामा श्रीमान् श्रीमतीबीच आˆनो प्रेमी प्रेमिकाको गुणको खोजी हुन थाल्दछ र सोहीबमोजिम नपाउँदा मानसिक असन्तुष्टि उत्पन्न हुनजान्छ ।
लोग्ने स्वास्नीबीचको आलोचनात्मक व्यवहारबाट पनि मानसिक असन्तुष्टि पैदा हुनजान्छ । त्यस्तै पत्नीद्वारा कुनै परपुरुषको प्रशंसा गर्नु तथा पतिद्वारा कुनै परस्त्रीको प्रशंसा गर्नु पनि असन्तुष्टिको प्रमुख कारण हुनजान्छ ।
यदि लोग्नेभन्दा स्वास्नीको आर्जन बढी भएमा अथवा लोग्ने बेरोजगार भएमा पनि नवविवाहित दम्पतीबीच मानसिक असन्तुष्टि बढ्न जान्छ ।
बिनाकारण स्वास्नी धेरै माइत गइरहने प्रक्रियाले पनि लोग्ने स्वास्नीबीच असन्तुष्टि बढ्न जानसक्छ, त्यस्तै स्वास्नीलाई घरमा समय नदिने र सधैं ढिलो घर पुग्ने प्रक्रियाले पनि नवविवाहित दम्पतीबीच असन्तुष्टि पैदा हुनजान्छ ।
कहिलेकाहीँ नवविवाहित लोग्ने स्वास्नीले एक अर्कालाई प्रभावित पार्न विवाह पहिलेको आˆनो प्रेम सम्बन्धको कथासमेत सुनाउँदछन् । यो एकदम डरलाग्दो मोड हो । यसले लोग्ने स्वास्नीबीच असन्तुष्टि मात्र पैदा गर्ने होइन वैवाहिक जीवनमा समेत नराम्रो असर पार्न सक्छ ।
हाम्रो समाजमा प्रायः जसो विवाह लमीको माध्यमद्वारा गर्ने गराइन्छ यसर्थ प्रायः लमीहरूले एउटा सत्य कुराको लागि पाँचवटा झूठको सहारा लिई दुवै पक्षलाई आकषिर्त गराई विवाह गरिदिन्छन् । जब सत्य थाहा लाग्दछ, मानसिक असन्तुष्टि मात्र बढ्ने नभई कतिको सम्बन्ध विच्छेदसमेत भएको घटना हामी पाउँदछौं ।
कतिपय लोग्ने स्वास्नीबीच एक अर्कालाई बढी योग्य देखाउन अथवा बढी प्रभावित देखाउन झूठो व्यवहारसमेत गर्दछन् तर पाप धूरीबाट कराउँछ भनेझैं जब यो रहस्य थाहा पाउँछ अनि मानसिक असन्तुष्टि बढ्न जान्छ ।
नवविवाहित दम्पतीमा सन्तुष्टिको एक महìवपूर्ण कारकतìव हो -सहवास । यदि दुवैबीच एक अर्काको सन्तुष्टिलाई ध्यानमा राखी सन्तुष्टि प्राप्त गरेमा फूल फुले झैं नयाँ जिन्दगी फुल्न जान्छ । यसको विपरीत यौन क्रियामा एक मात्रको असहयोगी भावना रहेमा मनमा एउटा नराम्रो असन्तुष्टि जन्माइदिन्छ । जसको कारणले दैनिक जीवनमै दखल पर्न सक्छ ।
अतः उपरोक्त तथ्यहरूलाई दृष्टिगत गरी समयमै सचेतता अपनाएमा अवश्य पनि असन्तुष्टिहरूले घेरिएर बस्नु पर्ने हुँदैन र सुरुदेखि नै सुखमय जिन्दगी बिताई जीवन नै रङ्गीन बनाउन सक्नुहुन्छ ।
युवामन्चमा प्रकाशित, २०६६ कार्तिक
No comments:
Post a Comment