शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 5, 2024

सुरेन्द्रलाल भूजुका तीन गजलहरु

 



   1                    


 
जबसम्म लट्टैँमा जोडिन्छ धागो तबसम्म कावा खान्छ चङ्गा कसैलाई मारेर किन कमाउनु पर्यो ? एक दिन जानु छ सब भएर नङ्गा मेहेनतको कमाईमा खुसी होऔं खुसीले बहाऔं हामी जीवन गंगा कसै माथि किन शत्रुभाव राख्नु ? नगर्नु हेर कहिल्यै नचाहिंदो दङगा कसलाई थाहा छ र आफ्नो मिति ? खरानी हुनु छ एकदिन किनार गंगा !


   2                    

 
केही संगतले सिकें, केही पढेर सिकें
त्योभन्दा बढि त परेर सिकें ... अरु महँगा स्कूल कलेजबाट सिक्छ्न् मैले खराब दिनमा संघर्ष गरेर सिकें प्रेम पनि अचेल ब्यापार भएछ मैले प्यारमा धोखा खाएर सिकें सफल हुन झूठ बोल्न पर्ने रहेछ नेताहरूको व्यवहार देखेर सिकें एक दिन छोडेर सब जानु पर्ने रहेछ नाङ्गै जलाएको लाश देखेर सिके


   3                    

 
 
मानिसमा आकाँक्षा धेरै, खुसी कम छ
जो पनि हेर्नुस दु:खी नै, सुखी कम छ मुस्किलले भेटिन्छ शहरमा मानिस जहाँतहीँ भीड त छ, मानव कम छ स्वार्थी संसार छ, स्वार्थी छ दुनियाँ मान्छे मुकुण्डे छन्, सुपात्र कम छ सम्पन्न देखिन्छ मान्छे, गहनामा हुन्छन् नक्कली छन् सब, सक्कली कम छ पर्दा हार गुहार गर्ने त्यो गाउँको सुन्दरता छैन शहरमा दयामाया हार्दिकता कम छ
 
- भक्तपुर
 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com  


No comments:

Post a Comment