शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, March 31, 2024

‘मीरा’को नयाँ पोष्टर सार्वजनिक साथै प्रिमियर शो हुने



भनिन्छ, विश्वको जनसंख्याको १ प्रतिशत, त्यसमा नेपालमा मात्र करिब तीन लाख बालबालिका अटिजमको शिकार बनिरहेका छन्।

अटिजम भएका बालबालिकालाई ‘रोगी’ भन्ने प्रचलन छ। तर यो रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो। नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ। झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन्। अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ।
यही अटिजमको सेरोफेरोमा आश्वि फिल्मसले निर्माण गरेको अभिनेत्री तथा निर्देशक तथा अनिता पण्डितद्वारा निर्देशित नेपाली चलचित्र ‘मीरा : स्याडो अफ अ रेन्बो’का गीत नौ महिनाअघिनै युट्यूबमार्फत् गीत सार्वजनिक गरिसकेको हो भने हालै पोस्टर सार्वजिक गरेको जनाइएको छ । एक बच्चामा देखिएको अस्वाभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको निजी सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रूपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाइएको छ । चलचित्रमा निर्देशक समेत रहनुभएकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख पात्र बनाइएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । उहाँले भन्नुभयो, “यो चलचित्र प्राकृतिक रूपमा नै फरक महसुस गर्ने महिलाहरूको कथा रहेको छ । यसमा बच्चाको अटिजम समस्यासँगै आफ्नो सम्बन्ध देखाउन चाहने आमाको कथा रहेको छ । यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ ।

चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्विन घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्विन फिल्म्सले चलचित्र निर्माण गरेको हो । निर्माण पक्षले केही दिनमा ट्रेलर रिलिज गर्ने र लक्षित दर्शकको लागि प्रिमियर शोको आयोजना गर्ने तयारीमा रहेको छ । चलचित्रको रिलिज मिति भने तय भइनसकेको निर्देशक पण्डितले बताउनुभयो ।

गीत हेर्नका लागि फोटोमा क्लिक गर्नुहोस्

No comments:

Post a Comment