शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 5, 2024

मञ्जुला तामाङ सुब्बाका दुई कविता

 

होमस्टे चाहियो

 

जानु छ उसलाई गाउँ आफू जन्मेर हुर्केको गाउँ सोह्र ‍वर्ष नदेखेको गाउँ अहिलेको प्रिन्स उहिले पप्पु उसको नाउँ । ऊ महानगर तिरै भासियो माया पिरती उतै गाँसियो अलिक दिमागवाला भएर होला हुने खानेको छाप टाँसियो। गाउँमा शाखा सन्तान को छ थाहा छैन त्यसलाई होमस्टे र वाइफाइ छ छैन सुर्ता छ त्यसलाई गुगल कोट्याएर हेर्छ होमस्टेमा सम्पर्क गर्छ घरमा थिएन सम्पर्क चिन्दैन होला भेट हुँदा एकार्का । गाउँ जानु छ त्यसलाई संसारसँग जोडिएर व्यापार गर्नुछ परिवारको काख होइन आफन्तको नाता होइन गाउँको सुगन्ध होइन जीवन चल्नलाई इन्टरनेट चाहियो शान्ति सुविधालाई एटेच बाथरूम चाहियो हो, उसलाई घर होइन होमस्टे चाहियो ।

*********************
 दौड़
 
 
ब्रह्माण्डको विपरीत भविष्य खोज्दैछौ हावाको वेग विपरीत उड़दैछौ बगेको खोला रोक्न, घामको किरण छेकेर अँध्यारो जगतमा, उज्यालो भविष्य खोज्दैछौ । तुहिन्छ गर्भ कति भ्रूणहत्यामा छिन्द्रा छिन्द्रा भएको गर्भाशयमा कसरी होला सुरक्षित त्यो नवजात ? ममतामयी भावना‍, न्यानो काख, बालकथासँगै निन्नीहरू कोसौ टाढ़ा भए स्वादिला पोषिला आहार शिशुलाई बजारको लिटोको भाडा कट्टियो, कट्टियो कहाँ । आहा ! धेरै सम्पन्न हामी प्रथम उपहार शिशुलाई मोबाइल थमाएर सचेत अविभावक हामी, न्याय हनन गर्ने हामी दोष किन अनि कसलाई ?
तब, विकसित भविष्यहरू -- अटिजमको स्टेजहरूले ग्रसित स्पीज थेरापीतिर लावालस्करै उभिन्दै छौ यसरी कहालीलाग्दो छ हाम्रो भविष्य खोजेको खोजेकै, कोट्याको कोट्याकै
गुप्तवासमा अदृश्य पर्खालभित्र तपस्वी, साधक बनेर एक पुस्ता कुन ग्रहको, कति नक्षत्रहरू बटुल्दै छन् सम्पर्कविहिन बनेर। धरती फराकिला भए, सोच साँघुरिए मुठीभित्रको संसारमा मानिस एक्लो भए । अत्याधुनिक घोप्टे जमानामा वृद्धाश्रमसम्म त ठीकै छ बाँच्ने रहरमा श्वास त चल्छ । 
 
 
अब एउटा प्रार्थना गर्दछु हे ! विज्ञान देउता एउटा आविष्कार अनिवार्य रह्यो मृत्युपछि शरीर स्वय बिलाइदिन पर्यो आफै आफ अन्तर्धान हुन पर्यो न मलामीको आवश्यकता न अन्त्येष्टिको युगको कदम कदममा । समय हुनेछ ठूलो बचत न कसैलाई हुनेछ करकाप आखिर भ्रमको दौडमा हार्नु नै छ सबैलाई।
 
-घूम दार्जीलिङ, भारत


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com

No comments:

Post a Comment