शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, April 12, 2024

सरला श्रेष्ठका दुई कविता

 


 

पूर्वाभास 

मृत्यूको पूर्वाभास भएझैं कुनै वृद्धलाई उसलाई पनि पूर्वाभास भएछ क्यारे ! कुनै अनिष्टको त्यसैले एकाएक फर्कियो एउटा यात्रु आफ्नो यात्राबाट सम्भावित दुर्घटनाको पूर्वाभासले उसलाई सताइरहेको थियो अघी बढ्नु उसको हृदयले मानेन फर्कनुलाई आफ्नो पराजय पनि ठानेन त्यसैले उ फर्कियो, चुपचाप फर्कियो ।

उसले सोच्यो होला “दुर्घटनामा परेर जीवन गुमाउनुभन्दा पाएको जीवन जोगाउनु धेरै जाती पाएर पनि केही हराउनुभन्दा त केही नपाउनु धेरै जाती” त्यसैले नै त उ फर्कियो फर्किनु उसको कायरता थिएन फर्किनु त उसको वुद्धिमानी र वाध्यता थियो किन कि उ एकजनाको निम्ती हैन उ धेरैको निम्ती बॉचेको थियो उ बत्ती थियो, उ ज्योती थियो बत्ती सानै किन नहोस् त्यसको छुट्टै अस्तित्व हुन्छ ज्योती थोरै किन नहोस् त्यसको ठूलो महत्व हुन्छ ।

ए मान्छेहरु नभन्नु उसलाई कायर भनी उ त्यो यात्रामा सामेल भएको भए उसलाई अनिष्टको पूर्वाभास नभएको भए एउटा जीवन सजिलै गुम्ने थियो एउटा बत्ती सजिलै निभ्ने थियो उ फर्कियो तिमीहरुकै निम्ती पनि राम्रो भयो अनिष्टको पूर्वाभास उसको निम्ती नयॉ जीवन भेट्टाउनु थियो ।

 ***********************

आमा

आमा तिमी जूनभन्दा राम्री छ्यौ धरती भन्दा विशाल छ्यौ तिम्रो छाती आकाशभन्दा फराकिलो छ र तिम्रो उचाई मेरो लागी हिमालभन्दा पनि माथि छ! पीडाहरु धेरै सह्यौ ऑसु पिएर पनि सन्तानकै लागी बॉच्यौ तर डगमगाएनौ कति पनि आमा तिमी आफ्नो संकल्पमै अडिग रह्यौ आमा तिमी फूलभन्दा कोमल छ्यौ सधैँ सधैँ सन्तान कै लागी आफ्ना खुसीहरुलाई आहुति दिएर ऑधीहुरीमा पनि सधैँ मुस्कुराइरह्यौ र भन्यौ तिमीले “सन्तानको खुसी नै मेरो खुसी हो” हो कर्तव्यका बाटाहरु कहिल्यै बिर्सेनौ तिमीले विषै पनि अमृत ठानेर पियौ हाम्रै खातिर पीडा त अवस्य भयो होला तिमीलाई तर “मलाई पीडा भयो” कहिल्यै भनेनौ तिमीले त्यसैले त “आमा” भन्ने शब्द प्रति नै मेरो यति अगाध आदर र आस्था छ आमा किन कि म पनि त आमा नै हूँ तिमीले जति दुःख र पीरहरु त सायदै मैले भोगें होला तर आमाको कर्तव्य के हो मलाई राम्रो थाहा छ त्यो तिमीले नै मलाई सिकायौ एउटा ज्वलन्त उदाहरण बनेर आदर्श आमाको हो मलाई पनि कर्तव्यनिष्ठ बनायौ र “नडगमगाउनु जस्तै हुरीमा पनि” त्यो तिमीले नै मलाई सिकायौ! सन्तानको पीडामा आफूलाई कति पीडा हुन्छ त्यो मलाई थाहा छ आमा म राम्ररी बुझ्दछु तिम्रा कथा र व्यथाहरु कसरी सह्यौ तिमीले ति यावत् कुराहरु हामी सानो छंदा तिम्रो जीवनमा आएका ती सारा उतार चढावहरु सम्झदा एउटा इतिहास जस्तै लाग्छ आमा लेख्न बॉकी एउटा इतिहास तिम्रो जीवनको तिमीले सहेका अनन्त व्यथाहरुको र आज पनि तिनै दुखान्त इतिहासलाई लुकाएर मुटुभित्र तिमी उस्तै मुस्कुराइरहेकी छ्यौ उदार हृदय भएकी मेरी आमा अडिग संकल्प बोकेकी मेरी आमा आफ्ना बिगतका पीडाहरुलाई चुपचाप बिर्सेर अहिले पनि हाम्रो सामु फूलझैं फुलिरहेकी छ्यौ जूनझैं हाम्रो आकाशमा चम्किरहेकी छ्यौ मेरी आमा यो हृदयको लाखौं प्रणाम तिमीलाई यो हृदयको अगाध माया र आदर तिमीलाई आमा यो हृदयको अगाध माया र आदर तिमीलाई । - च्याम्बर्सवर्ग, पेन्सिलभानिया, संयुक्त राज्य अमेरिका 


यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  
trichandra.shrestha@gmail.com
 

No comments:

Post a Comment