शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Saturday, March 25, 2017

अर्थ आवरः १७२ देशका ७००० शहरमा एक घण्टा बत्ती निभाइयो (फोटो फिचर)

चैत १३ – जलवायु परिवर्तनको बारेमा ध्यानाकर्षण गराउन विश्वका प्रमुख ठाउँमा एक घण्टा बत्ती निभाइएको छ । अर्थ आवर मनाउने क्रममा विश्वका एक सय ७२ देशका सात हजार भन्दा बढी शहरमा एक घण्टा अनावश्यक बत्ती निभाइएको हो । अनावश्यक रुपमा बालिएको बत्ती स्थानीय समयअनुसार शनिबार बेलुका साढे ८ बजेदेखि एक घण्टासम्म निभाइएको हो । अर्थ आवर कार्यक्रम यो वर्ष दशौं वर्ष पुगेको छ । सन् २००७ मा सुरु भएको कार्यक्रममा अहिले विश्वभरका देश तथा संघसंस्थाको सहभागिता बढेको छ । बेलायतको लण्डन ब्रिज, पेरिसको आइफिल टावर, एथेन्सको एक्रोपोलिस, रुसको क्रिमलिन, भारत मुम्बईको इण्डिया गेट, क्षेत्रपाटी, सिभाजी टर्मिनस, मलेसियाको पेट्रोनस टावरमा बत्ती निभाइएको थियो । पृथ्वीको संरक्षण र तीव्र रुपमा भइरहेको जलवायु परिवर्तन रोक्न र त्यसका असर न्युनीकरणका लागि हातेमालो गर्दै अघि बढ्न यो अभियान गरिएको हो । सन् २००७ देखि विश्व वन्यजन्तु कोषमा आवद्ध संरक्षणकर्मीले अर्थ आवर मनाउन सुरु गरेका हुन् ।


No comments:

Post a Comment