शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Sunday, November 10, 2019

नेपालको इतिहासबाट मेटिएको ॐ पर्वत


त्रिचन्द्र प्रतीक्षा


नेपालको मानचित्रमा आफ्नो विशेष भौगोलिक स्थितिका कारण दार्चुला जिल्ला राष्ट्रिय प्रतिष्ठा र अखण्डताको दृष्टिबाट अत्यन्त संवेदनशील र महत्वपूर्ण क्षेत्र देखिन्छ । दार्चुलामा अवस्थित व्यास उपत्यकामा जम्मा नौ वटा अत्यन्त सम्पन गाउँहरु रहेका थिए र यसको मुख्य केन्द्र सम्भवतः व्यास क्षेत्रको पहिलो राजधानी छोटा कैलाशका नामबाट चिनिने कुटीगाउँ रहेको थियो । पछि विशाल र समृद्ध गर्व्याङ्ग ग्राम जसलाई कुनै समयमा छोटा बेलायत पनि भनिन्थ्यो । समायान्तरालमा ब्रिटिश इण्डिया र नेपालबीचको सन् १८१५ को सन्धि सम्झौता अनुसार ऋषिगाउँ, छाग्रु र तिङ्कर मात्र नेपाली भू–भागको रुपमा शेष रहे । बाँकी अन्य गाउँहरु कालान्तरमा लिम्पियाधुरासँगै वैध र अवैध तरिकाबाट भारतमा विलिन भए । व्यास ऋषिको पुण्य तपोभूमि रहेकै कारणबाट यस गर्खाको नाम व्यास उपत्यका पर्न गएको हो ।
त्रिचन्द्र प्रतीक्षा

व्यास उपत्यकाकै सेरोफेरोमा कैयौं व्यास मन्दिरहरु, गुफाहरु, आदिकैलाश पर्वत, पाण्डव पर्वत र किल्लाका भग्नावशेष, पार्वतीताल र यसैको समकक्ष शिवपार्वती मन्दिर तथा प्राकृतिक रुपमा प्रकट भएको साक्षात ॐ पर्वत विराजमान रहेको छ । यो पर्वत कालापानीको माथिल्लो टाकुरामा नेपाल र भारतको संयुक्त सीमाक्षेत्र परिसरमा अत्यन्त रमणीय प्राकृतिक हिम र चट्टानले बनेको दिव्यशक्ति स्वरुप ॐ कारको दृश्य हो ।

राणाकालसम्म व्यास गर्खास्थित ॐ पर्वत नेपालकै सीमाक्षेत्रभित्र रहेको थियो । तर पछि भारतले चीनसँगको सन् १९६२ को सीमा विवाद र युद्धताका सीमाक्षेत्रको सुरक्षाका लागि आफ्ना केही सेना जत्था एक तर्फी रुपमा नेपालको भू–भाग कालापानीमा तैनाथ गरी नेपाली भूभाग कब्जा ग-यो जसको सीमावर्ती नेपालीहरुले घोर आपत्ति जनाए र जोडदार प्रतिकार समेत गरे तर त्यस मुद्दामा नेपाल सरकारबाट कुनै आधिकारिक कारवाही गर्ने पहल तत्काल नभएकोले आज नेपालको कालापानी सिमानाको अधिकांश भू–भाग मिचिएको छ र यस मिचाहा प्रवृत्तिले गर्दा अहिले आधाभन्दा बढी ॐ पर्वत नेपालको सीमाबाट बाहिरिएको थियो भने अहिले पुरै पर्वत नै बाहिरिएको छ । गुगल म्यापले पनि अब ति क्षेत्र र भूभागलाई नेपालको नक्साबाट (सिमारेखा हटाइएको देखिन्छ) हटाएर विवादित क्षेत्रको रुपमा राखिएको छ । गुगल म्यापको यस लिंकमा
https://www.google.com/maps/place/Om+Parvat/@30.2098305,80.9271371,12.5z/data=!4m5!3m4!1s0x39a417cab5ce170d:0x7ba73e6a4df57506!8m2!3d30.1988!4d81.031 गएर हेर्न सक्नुहुनेछ ।

व्यास उपत्यका हिन्दूहरुको महान तीर्थस्थल कैलाश मानसरोवरका लागि सबैभन्दा सुगम र नजिक पर्ने प्रवेशद्वारका रुपमा प्रख्यात छ । स्कन्दपुराणको मानसखण्डमा पनि यसबारे उल्लेख गरिएको पाइन्छ । व्यास उपत्यकालाई पर्यटन क्षेत्रका रुपमा विकसित गर्न सकिने प्रचुर सम्भावनाहरु रहेका छन् ।

No comments:

Post a Comment