शनिबार साहित्य

के तपाई विदेशमा हुनुहुन्छ?

के तपाई विदेशमा हुनुहुन्छ?
पुस्तक, पत्रपत्रिका प्रकाशन गर्ने सुअवसर ‍‍‍‍--------- विदेशमा बस्ने नेपालीहरुले आफ्ना रचनाहरुलाई कृतिको (पुस्तकका) रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र-पत्रिका समेत प्रकाशित गर्नका लागि सर-‍सल्लाह साथ प्रकाशन सम्बन्धी सम्पूर्ण कार्यका लागि हामीलाई सम्झनुहोस् । trichandra.shrestha@gmail.com

Friday, March 29, 2024

लीलाराज दाहालका आठ मुक्तक

 


  1                         

जलहरीमा नाम हुन्छ, कसले सोचेको थियोे ?
अद्वितीय काम हुन्छ,  कसले सोचेको थियोे ?
देखाउन पो बाहिर  भरिभराउ देखाउने हो –
भित्र रित्तो खाम हुन्छकसले सोचेको थियोे ?     

 

  2                         

यता हेर्छु,  उता  हेर्छु  जताततै दलाल देख्छु
सहयोग
बहाना हो, थापिएको जाल देख्छु
यस्तै
समय भनी मन  बुझाउँछु  तर  पनि
समानताको
बीच ठूलो विभेदको पर्खाल देख्छु।

 

  3                         

ममा हो कि तिमीमा हो, देखिँदैछ खोट ठूलो,
नरम फूलको  प्रहारले कसरी  भो चोट ठूलो,
नङ्ग-मासु जस्ता थियौं  तिमी     हिजोसम्म
नेता
भयौ,  हेर्दाहेर्दै  तिमीलाई  भो भोट ठूलो ।

 

  4                         

मान जति तुलो होस्  , दुष्टै हुन्छ  दुष्ट सधैं
जतिमाथि चुलो  होस् दुष्टै  हुन्छ दुष्ट सधैं
चिताउँदैन
 अरुको भलोमनमा राख्छ पत्थर
दर्जा
 जति ठूलो होस् दुष्टै  हुन्छ दुष्ट सधैं ।   

 

  5                         

नदिनु उपदेश, नदेखाउनु अहम् साहित्यकार हुने भए
बाँच्नु
   यथार्थमा,  नबाँच्नु  भ्रम  साहित्यकार  हुने भए
जीवन
    जगत  बुझे पो    सकिएला  लेख्न केही-
मान्नु अरुलाई, नठान्नु धेरै कम साहित्यकार हुने भए।

 

  6                         

कत्रा  कत्रा  बोझ नि  बोक्न  सक्नु हुन्छ
निर्धा
  निमुखालाई  ठोक्न  सक्नु हुन्छ
पत्याइ
नसक्नु  कामले प्रख्यात उहाँ त-
उर्लँदो खहरेलाई नि  रोक्न सक्नु हुन्छ ।

 

  7                         

प्यारको भाषा बोल्दाखेरि कमाल भै जान्छ
तिम्रो मनको बस्तीमा त बबाल भै जान्छ
जति जति जिज्ञासा यो मेटाउँदै जान्छु
उति उति घुमाउरो सवाल भै जान्छ ।      

 

  6                         

यसैगरी खानु पर्छ भन्दै थिए उनीहरू
छिटोछिटो नोटका चाङ्ग गन्दै थिए उनीहरू
समय छ कस्तो भन्ने थाहै छैन जस्तो लाग्छ
आफैंलाई पुर्न खाडल खन्दै थिए उनीहरु ।

-बागमती ११, कर्मैया, सर्लाही
हाल: ललितपुर१४, महालक्ष्मीस्थान

 

यस स्तम्भमा आफ्नो रचना पठाउनका लागि  trichandra.shrestha@gmail.com  


 

 

No comments:

Post a Comment