प्रतीक्षा श्रेष्ठ
कला क्षेत्रमा संघर्षरत नृत्यांगना तथा मोडल इन्दु शाहीले पछिल्लो पल्ट एउटा नेवारी (नेपाल भाषा) गीतको शीर्ष भूमिकामा अभिनय गरेकि छिन् ।
'हिसि दुगु छंगु ख्वालय् मोहनी तया बिइलाः'
बोलको गीतको शब्द रचना पवन जोशीको गरेको हो भने संगीत दिएका छन् अनिल तुलाधरले । यस गीतमा स्वर कृष्ण महर्जन र रोजी श्रेष्ठ डंगोलले दिएका छन् । यहि गीतको छायांकनको लागि ज्यापूनी भेषभूषामा सजिएर तयारी अवस्थामा छिन् इन्दु शाही, उनलाई शुशील श्रेष्ठले साथ दिएका छन् । दुई मोडेललाई नृत्य र अभियन सिकाउने कार्य अनु महर्जनले जिम्मा लिएका छन् भने अनुहारमा लितपोत गर्ने अर्थात् श्रृंगारको जिम्मा ब्यूटिसियन उमिसा पाण्डेले लिएका छन् ।
उक्त गीतको छायांकनको लागि क्यामेरा बोकेका छन् राजेश श्रेष्ठले भने गीतको
निर्देशन गीतकार पवन जोशी स्वंयले जिम्मा लिएका छन् । काठमाडौँको स्वयंभू र
कीर्तिपूरको विभिन्न रमणिय मठमन्दिरहरुका छायांकन गरेको उक्तको भिडियो आजै
यूट्युब मार्फत् सार्वजनिक गरेको छ । आशा गरौं यो गीत नेपालभाषाको
गीतसंगीत क्षेत्रमा आम नेवार समाजमा मनपराइने छ ।
भिडियो
भिडियो
No comments:
Post a Comment